
रुपैयाँ यस्तो चिज हो, घिन न त शरम हुन्छ
धन होउञ्जेल सबैलाई मै हुँ भन्ने अहम् हुन्छ
संसारकै ठुलो बधशाला हो, यो मन मान्छेको
जहाँ हजारौं सपनाहरूको हत्या निर्मम हुन्छ
कमि छैन यहाँ क्षणभर माया जताई लुट्नेको
जुनि, साथ र सम्बन्ध निभाउने पो कम हुन्छ
खुशीले मात्रै हो जीवनमा आउनेबाटो बिर्सेको
दुःख अनि व्यथाहरु त साथ सँगै हरदम हुन्छ
दिलबाट निकालिए पछि कहाँ हुन्छ जाने ठाउँ
घर बिहिन हुनेहरुको लागि पो आश्रम हुन्छ
देखेका राम्रो लागेन, अनि राम्राले हेरेनन् कैलै
यहि पाराले ´राहुल` खै ! कहिले घरजम हुन्छ ।
वि.सं.२०७७ साउन १० शनिवार ०९:२९ मा प्रकाशित






























