back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ साउन १० शनिवार

969 

shares

(१)
उनी झुक्न नमाने पछि ता फर्मान आयो,
आफ्नो भूमी तानेपछि ता फर्मान आयो ।
कठपुत्ली राख्ने धेरै प्रयाशरतछ छिमेकी,
भने जस्तै नछाने पछि ता फर्मान आयो ।
(२)
मित्रताको साईनो लगाएर मात्रै कहाँ हुन्छ,
मगरमच्छकै आँसु बगाएर मात्रै कहाँ हुन्छ ।
सन्धि र सम्झौता गर्दा होश पुर्याउ सरकार,
सधै देश र जनतालाई ठगाएर कहाँ हुन्छ ।
(३)
जनता सँग नङ्ग र मासु बनेर देखाउ अब,
सदनमा चोखो देशभक्त गनेर देखाउ अब ।
साम्राज्यावादको चल्दैन एकढिका भएसी,
भ्रष्टचारी जराहरु लाई खनेर देखाउ अब ।
(४)
यो बेलामा कोई खुट्टा ताना तान नगर संसदमा,
आरोप प्रति आरोपले हाना हान नगर संसदमा ।
कसैलाई कलो नै खाने मन भए उतै गएर बसहै,
बिदेशको दाम्लाले नै बाना बान नगर संसदमा ।
(५)
उखान र टुक्का धेरै नहाल यस्तो बेलामा तिमी,
रौँका बोक्रा केलौन नथाल यस्तो बेलामा तिमी ।
बोल्दा सोँचेर बोल यो तरल परिस्थिति भित्र मा,
जे भय नि सरकार नफाल यस्तो बेलामा तिमी ।

घोराही उपमहानगरपालिका दाङ १८
हाल भारत

वि.सं.२०७७ साउन १० शनिवार ०९:३१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...