back
CTIZAN AD

कविताः तपाईं कहिले मान्छे बन्नु हुन्छ ह ?

वि.सं.२०७७ साउन १० शनिवार

711 

shares

आस्थाको अग्लो भिरबाट
सपनाहरूले अचानक हामफालेपछि
मौन छ परिवेश
बस् ! रमिता भएको छ मान्छेको अनुहार ।
हरेक बोलीहरूमा
ल्याण्डमाइन् बिछाइएको छ
जहाँ हावाले हावामा हावाको कुरा काट्छन्
र भत्किन्छ विश्वासको पर्खाल ।
हरेक आँखाहरूमा
तयार छ ब्यालेस्टिक मिसाइल
जसले भेद्छ मनको गहिराई
अनि कमाउछ नाफा बेचेर हार्दिकता ।
हरेक कानहरूमा
सोफेसटिकेटेड सेन्सरहरू सक्रिय छन्
जसले सुन्दैन हृदयको भाषा
तर बस् सुनिबस्छ
पैसा,तागत र हुर्मतको घोर्ले स्वर ।
हरेक हातहरुमा
थमाईदिएकोछ धर्मको पुस्तक
अनि रटाई रहेछ
अवसरका सुगाहरूले मान्छेलाई
मुक्तिको खुल्ला राग ।
हरेक खुट्टाहरुमा
लादिएको छ दस्तुरको जुत्ता
र हिंडाई रहेछ गुलामीको स्वर्गतिर ।
हरेक बिचारहरु
सत्ताको गोप्य पासवार्डले कैद छ
मिडिया सुनाईरहेछ भजन
आश्वासनले थाकेका मान्छेलाई ।
अनि
हरेक अनुहारहरूमा
टाँसीदिएकोछ
मान्छेलाई अभिनयको मुखुण्डो
र चिच्याउन लगाइरहेछ
मान्छे हुनुको परिभाषा,
तब आफै भन्नुहोस् महोदय !
तपाई कहिले मान्छे बन्नुहुन्छ हँ ।

वि.सं.२०७७ साउन १० शनिवार ०९:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...