back
CTIZAN AD

रञ्जन कोइरालालाई माफी दिने फैसला हुने भयो पूनरावलोकन, प्रधानन्यायधीश परे प्रश्नको घेरामा

वि.सं.२०७७ साउन ११ आइतवार

705 

shares

काठमाडौं । सर्वौच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलालाई पुनरावलोकन गर्ने भएको छ । आइतबार न्यायधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारी महान्यायधिवक्ताको कार्यालयले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको हो ।

यसअघि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले श्रीमति हत्याका दोषी कोइरालाको सजाय घटाउने फैसला गरेको थियो । गत असार १५मा राणासहितको इजलाशले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालालाई ८ वर्ष ६ महिना कैद कायम गर्ने निर्णय गरेको थियो । जुन फैसलासँगै कोइराला गत बिहिबार रिहा भएका थिए ।

२०६८ पुस २७ मा कोइरालाले आफ्नै श्रीमति गीताको हत्या गरेका थिए । उनले श्रीमतिको हत्या गरि प्रमाणसमेत नष्ट गर्न मकवानपुरको पालुङमा पेट्रोल छर्किएर शवलाई जलाएका थिए । शव जले नजलेको हेर्न भनि पुनः पालुङमा पुग्ने क्रममा उनलाई ०६८ पुस २८ मा स्थानीयले पक्राउ गराएका थिए ।

उनी छुटेकै दिन महान्यायधिवक्ताको कार्यालयले सर्वौच्चको फैसलाविरुद्व पुनरावलोकन निवेदन दिएको थियो । महान्यायधिवक्ताको कार्यालयले फैसला त्रुटिपूर्णं रहेको निष्कर्षसहित निवेदन गरेको थियो ।

के थियो घटना ?

२०६८ पुस २७ मा कोइरालाले आफ्नै श्रीमति गीताको हत्या गरेका थिए । उनले श्रीमतिको हत्या गरि प्रमाणसमेत नष्ट गर्न मकवानपुरको पालुङमा पेट्रोल छर्किएर शवलाई जलाएका थिए । शव जले नजलेको हेर्न भनि पुनः पालुङमा पुग्ने क्रममा उनलाई ०६८ पुस २८ मा स्थानीयले पक्राउ गराएका थिए ।

कोइरालालाई यसअघि जिल्ला अदालत र पुनरावेदनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कोइरालाकी प्रेमीका भनिएका तारा रेग्मीलाई पनि हत्या योजनामा संलग्नताको ठहर गर्दै अदालतले १ वर्षको जेल सजायँ सुनाएको थियो ।

प्रधानन्यायधीश परे प्रश्नको घेरामा

श्रीमति हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका रञ्जन कोइरालाको मुद्दामा सजाय घटाउने फैसला गरेसँगै प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा विवादमा तानिएका छन् । नागरिक समाजमा उनको फैसलाप्रति निकै आक्रोश देखा परेको छ ।

कतिपयले राजनीतिक नेतृत्वले समेत उनीविरुद्व महाअभियोग लगाउनु पर्ने मागसमेत गरेका छन् ।

वि.सं.२०७७ साउन ११ आइतवार १४:५२ मा प्रकाशित

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...