back
CTIZAN AD

रञ्जन कोइरालालाई छाडिएकोमा अनेमसंघको आपत्ति, न्यायको खिल्ली उडाउने काम भयो

वि.सं.२०७७ साउन ११ आइतवार

987 

shares

अनेमसंघद्वारा ११ साउन, काठमाडौँ । अखिल नेपाल महिला संघ(अनेमसंघ) ले पूर्व डिआईजी रञ्जन कोइरालालाई सजाय घटाउँदै छाडिएकोमा आपत्ति जनाएको छ ।

संघकी संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलद्वारा जारी प्रेस वक्तव्यमा तथ्य र प्रमाणका आधारमा जन्मकैदको फैसला भईसकेको व्यक्तिलाई सजाय घटाएर छाड्नु कानुनको गलत व्याख्याको पराकाष्ट भएको भन्दै आपत्ति जनाइएको छ ।

‘महिला हिंसाको चरम रुप र सार्वजनिक पदमा रहेका व्यक्तिले गरेको विवेकसुन्य विभत्स, जघन्य, अपराधलाई सर्वस्व सहित जन्मकैदको फैसला भइसकेका व्यक्तिलाई सजाय घटाएर छाड्नु कानुनको गलत व्याख्याको पराकाष्टा भएकाले अखिल नेपाल महिला संघ(अनेमसंघ) को गम्भिर ध्यानाकर्षण भएको छ ।’ वक्तव्यमा भनिएको छ ।

मनसायपूर्वक, योजनाबद्ध तरिकाले हत्या गरिएको घटनाको कैद सयाजलाई तोडमोड गर्दै अदालतका न्यायधिसद्वयले गलत व्याख्या गरेको ठहर संघले यसरी कानुन विपरित आदेश गर्नु न्यायको खिल्ली उडाउनु भएको बताएको छ । यस्ता फैसलाले आम जनसमुदायमा देशमा न्याय मरेको भान भएको मात्रै नभई न्यायालयप्रतिको आस्था घटाइएको वक्तव्यमा भनिएको छ ।

मनसायपूर्वक गरेको जघन्य अपराधमा मुद्धाको तथ्यलाई ननै फरक पर्ने गरी काुननको मंसद विपरित अपराधीहरुको संरक्षण हुने, मनोबल बढ्ने र हिंसाका घटनामा बृद्धि हुने अवस्था समेत सृजना भएको उल्लेख छ । नेपाल सरकार, महान्याधिवक्ताको कार्यालयले सर्वोच्चको निर्णय उपर पुनरावलोकनमा गएकोमा स्वागत गर्दै निज कोइरालालाई उम्कन नपाउने व्यवस्था गरि पूर्ण सजाय हुने सुनुवाई हुनेमा विश्वस्त रहेको जनाइएको छ । अन्यथा संविधानको मर्म अनुसार जान जनता बाध्य हुने चेतावनी पनि दिइएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १५:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...