back
CTIZAN AD

कोभिडबाट मृत्यु भएका ४८ संक्रमितमध्ये २६ दीर्घरोगी, २६ जना ५० वर्षभन्दा कम उमेर

वि.सं.२०७७ साउन १३ मंगलवार

915 

shares

१३ साउन, काठमाडौँ । कोरोना भाइरसको संक्रणबाट सोमबारसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ ।  उनीहरुमध्ये २७ जना दीर्घरोगी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जेठमा सिन्धुपाल्चोककी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ७२ दिनमा कोरोनाबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार साँझसम्म मृत्यु भएका ४८ जना कोरोना संक्रमितमध्य २२ जना ५० बर्षभन्दा माथिका छन् । त्यस्त,ै २६ जना ५० वर्षभन्दा कम उमेरका छन् । जसमा तीन बालबालिका पनि छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मृत्यु भएकामध्ये २७ जना गम्भीर प्रकारका दीर्घरोगी हुन् । उनीहरुमा मिर्गौलाको समस्या, क्यान्सर, क्षयरोग, मधुमेह, उच्च रक्तचापजस्ता समस्या रहेको पाइएको हो ।

मृत्यु भएकामध्ये सातजनामा श्वासप्रश्वासको समस्या देखिएको छ । त्यस्तै कोभिड-१९ बाट मात्रै चारजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु भएका १० जनामा कोरोना पुष्टि भए पनि कारण खुलेको छैन् । स्वास्थ्य मन्त्रालयका अनुसार औसत प्रत्यक दुई दिनमा एकजनाको मृत्यु भएको छ । मृतक व्यक्त्तिमा कोरोना पुष्टि भएपछि उनीहरुको मृत्युको प्रमुख कारक कोरोना हो वा अरुनै त्यस बारे कुनै गहन अध्ययन नभएको मंगलबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

नेपालमा ४८ जनाको कोरोनाबाट मृत्यु भएको भनिएपनि प्रमुख कारण कोरोना नै हो भन्ने बिषयमा गम्भिर प्रश्न खडा भएको अनुसन्धान वैज्ञानिक डा. सन्तोष दुलालले बताए ।

 

वि.सं.२०७७ साउन १३ मंगलवार ०९:५९ मा प्रकाशित

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...