back
CTIZAN AD

ओली र दाहालबीच भेटवार्ता, नेपाल र गौतम पनि बेग्लै छलफलमा

वि.सं.२०७७ साउन १३ मंगलवार

747 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको विषयमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

स्थायी कमिटी बैठक अन्तिम समय ओलीले एकपक्षीय रुपमा स्थगित गराएसँगै चर्किएको विवादका विषयमा अध्यक्षद्वयबीच छलफल भएको हो । बालुवाटारमा जारी छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि सहभागी भएको जनाइएको छ ।

नेकपाका एक स्थायी समिति सदस्यले जनाएअनुसार ओली इतरका नेताहरुले बैठक राख्नुपर्ने अडान राखेपछि प्रचण्ड खनाललाई लिएर ओलीलाई भेट्न पुगेका हुन् ।

आज ११ बजेको लागि स्थायी समिति बैठक बोलाइएको थियो । बहुमत सदस्यहरुको बैठकस्थलमा उपस्थित भएपनि ओलीले एकलौटी रुपमा बैठक स्थगनको निर्णय गरेका थिए ।

यसैबीच बाँकी रणनीति बनाउन पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमबीच पनि बेग्लै छलफल भएको छ । पछिल्लो विवादमा निकास खोज्न दुई नेताबीच छलफल भएको निकट स्रोतले जनाएको छ ।

स्थायी समिति बैठक स्थगनको निर्णयसँगै उपाध्यक्षसमेत रहेका नेता गौतमले विवादको समाधानको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले महाधिवेशनसम्मको लागि पुरै कार्यकाल ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी लिने गरि सहमती खोजिनुपर्ने बताएका थिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार १४:११ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...