back
CTIZAN AD

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत

वि.सं.२०७७ साउन १४ बुधवार

720 

shares

१४ साउन, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवा सुरु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बन्दाबन्दीको समयमा बन्द रहेको स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले आज एक विज्ञप्ति जारी कोभिड–१९ का कारण रोकिएको विस्तारित स्वास्थ्य सेवा र साधारण स्वास्थ्य सेवा शुरु गरेको जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा रोहितकुमार पोखरेलले कोभिड–१९ का कारण चैत ६ देखि बन्द गरिएको उक्त स्वास्थ्य सेवा आजदेखि शुरु गरिएको जानकारी दिए ।

उक्त सेवा शुरु गरेसँगै अब बिरामीले सहज रुपमा स्वास्थ्यसेवा लिन पाउने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा इमर्जेन्सी सेवा भने प्रदान गर्दै आइरहेको थियो ।

यसअघि त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा अस्पताल आउने कर्मचारी तथा डाक्टरलाई अनिवार्य पोशाक र माक्स लगाएर आउन सूचना जारी गरेको थियो ।

वि.सं.२०७७ साउन १४ बुधवार १९:३६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...