back
CTIZAN AD

राखेप उपाध्यक्ष र सदस्य–सचिवद्वारा पद्वहाली

वि.सं.२०७७ साउन १४ बुधवार

765 

shares

१४ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद्वहाली गरेका छन् । दुवैले त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा पद्वहाली गरेका हुन् । दुवैलाई गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले नियुक्त गरेको थियो ।

पद्वहाली गर्नुअघि दुवैले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथ ग्रहणअघि खेलकुद सचिव रामप्रसाद थपलियाले दुवैलाई पत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले उहाँहरुको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे ।

उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नु पर्ने आवश्यकता औल्याए ।

सदस्य–सचिव सिलवालले गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताए ।

कार्यक्रममा सचिव थपलियाले पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र परिणाममा बढी जोड दिनु पर्ने विचार व्यक्त गरे ।

वि.सं.२०७७ साउन १४ बुधवार १९:४१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...