back
CTIZAN AD

भारतलाई नेपालको कडा जवाफ : आफ्नै भूमि लिम्पियाधुरामा आवत–जावत गर्दा कहिँ कतैबाट बाधा हुन पाइन्न

वि.सं.२०७७ साउन १४ बुधवार

786 

shares

काठमाडौं । लिम्पियाधुरा, कालापानी र गुन्जी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन भारतीय पक्षले पठाएको निर्देशनात्मक पत्रको नेपालले जवाफ फर्काएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धारचुला जिल्ला प्रशासनलाई पत्र पठाउँदै आफ्नै भूमिमा नेपालीले आवात–जावत गर्नु स्वभाविक भएको भन्दै कहिँ कतैबाट बाधा हुन नपाईने बताएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले लेखेको पत्रमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भू–भाग भएको भन्दै कहिँ कतैबाट बाधा अड्चन गर्न नपाइने उल्लेख छ ।

दार्चुलाका प्रजिअ शरदकुमार पोखरेलले लेखेको पत्रमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिको धारा ५, त्यससँग सम्बन्धित नक्सा र ऐतिहासिक प्रमाण अनुसार महाकाली (काली) नदी पुर्वका लिम्पियाधुरा कुती, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र नेपालकै भू–भाग रहेको स्पष्टै नै छ, सो भूभागमा नेपालीको आवतजावत स्वाभाविक रहेको र नेपालीको आवागमनमा कहिँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको जानकारी गराउँदछु ।’

यसअघि १४ जुलाईमा भारतको धारचुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई पत्र पठाउँदै लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरु लुकिछिपी प्रवेश गरेको भन्दै उनिहरुलाई रोक्न निर्देशनात्मक आग्रह गरिएको थियो ।

भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका क्षेत्रलाई समेटेर नक्सा जारी गरेसँगै नेपालमा तिव्र विरोध भएको थियो । भारतले नक्सा जारी गरेसँगै नेपालले पनि उक्त क्षेत्रलाई समेटेर नक्सा संशोधन गरेको छ ।

यी हुन् पत्रहरु 

वि.सं.२०७७ साउन १४ बुधवार २२:३४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...