back
CTIZAN AD

जेष्ठ राजनीतिज्ञ सभा गठनप्रति नेता रिजालको गुनासो

वि.सं.२०७७ साउन १५ बिहीवार

888 

shares

१५ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिलेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो अध्यक्षतामा जेष्ठ राजनीतिज्ञ सभा गठन गरी आफ्नो पक्षका मान्छेमात्र मनोनित गरिएको प्रति गुनासो गरेका छन् ।


पार्टी भित्र राजनीतिज्ञ सभा गठन भएको प्रति समेत अनविज्ञता व्यक्त गर्दै उनले धेरै डंडेलधुराबाट मात्र मनोनित गरिएकोमा गुनासो गरेका हुन् । ‘पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङ्गका तीनजना पर्नु भएछ। ’

सो सभामा मोरङबाट ३ जना राखिँदा आफूलाई वास्ता नगरिको प्रति पनि उनले गुनासो गरेका छन् । उनले लेखेका छन् ‘मोरङ्गका सबै अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु।’

उनले राजनीतिज्ञ सभामा डडेलधुराका जेष्ठ राजनीतिज्ञ शेरबहादुर देउवालाई मनोनीत गरेको कुरालाई लिएर व्यङ्गात्मक टिप्पणीसमेत गरेका छन् ।

नेता रिजालले भनेका छन् ‘आसन्न महाधिवेशनका लागि तनहुँका जेष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेलप्रति हो की युवाहरूका प्रति सदाशयता देखाउनु भएको हो, घोत्लिदै छु ।

नेपाली काँग्रेसको महाधिवेशन नजिकँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवाले समिति तथा विभागहरु गठन गरेका छन् । उनले महाधिवेशनमा आफ्नो पकड बलियो बनाउन पार्टी एकीकरण र पार्टी प्रवेश गराइरहेका छन् । संस्थापनइत्तर पक्षले पार्टी सभापतिले गरेका पछिल्ला निर्णयहरु आचारसंहिता विपरित भएको भन्दै गम्भिर आपत्ति जनाउँदै आएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार ०८:२६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...