back
CTIZAN AD

समुदायस्तरमै कोरोना देखिएपछि विराटनगरमा फेरि लकडाउन

वि.सं.२०७७ साउन १६ शुक्रवार

939 

shares

काठमाडौं । समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिएपछि विराटनगर महानगरपालिकामा फेरि लकडाउन गरिने भएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेले जानकारी दिएअनुसार शुक्रबार राती १२ बजेदेखि लागु हुने गरि आगामी ३० गतेसम्म लकडाउन गर्ने निर्णय भएको हाे ।

‘लकडाउन लगाउन हामीलाई असाध्यै आवश्यक पर्यो, समुदाय स्तरमै कोरोनाको संक्रमण धेरै देखा पर्यो’, अधिकृत पोखरेले भने, ‘स्थानीय स्तरबाटै लकडाउन लगाउनुपर्ने माग आएपछि लकडाउनको निर्णय भएको हो, लकडाउन आज राती १२ बजेदेखि लागु हुने गरी आगामी ३० गतेसम्म गर्ने निर्णय भएको छ ।’

लकडाउनको निर्णय प्रदेश सरकार र जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहको सीसीएमसीले गरेको हो । अधिकृत पोखरेलले जनाएअनुसार शुक्रबारसम्म महानगरका १९ वडा मध्ये १७ वडामै कोरोना संक्रमित देखिएका छन् ।

महानगरभित्र हालसम्म १०० जनामा कोरोनाको संक्रमण पुष्टी भईसकेको छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १६:२५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...