
उ बोल्न खोज्दछ
सुन्ने मानिस छैनन
उ केही सुझाव दिन खोज्दछ
सुझाव लिने मानिस छैनन
उ विचार बिधिको कुरा गर्न खोज्दछ
सुन्ने मानिस छैनन
उ सामुहिकताको कुरा गर्न खोज्दछ
तर उसका कुरा सुन्ने स्थिति छैन
उ उठौ,जागौ, अगाडि बढौ भन्दैछ
मस्त निदाए झै
छैनन सुन्ने मानिस त्यहां,
सधै भीडम भिड हुने त्यो ठाउँमा
उ आजकल एक्लो डांडामा सत्तीसाल झै
ठिङ्ग उभिएको छ
लाग्दछ सबैले छोडेर गए जस्तो
एक्लै ठिङ्ग उभिएको छ,
त्यसैले होला
उ एक्लै ठिङ्ग उभिएको छ,
बाहिरबाट हेर्दा
सारा उसका प्रयत्नहरु
व्यर्थ हुन खोजे झै हुदैछन,
लाग्दछ उ
अनिर्णयको बन्दी बनेको छ
अनिर्णयको बन्दी बनेको छ ।
१७ श्रावण,२०७७
वि.सं.२०७७ साउन १७ शनिवार ०८:४१ मा प्रकाशित






























