
ऊ छिट छिटो दौडीरहेछ कतै कतै नहेरी । नढूङ्गा, खोपिल्टा नहेर्छ ढिक, केवल दौडीरहेको छ ।
पक्लक्कै फुक्लियो बुढी औलाको नङ । रगत चुहीरह्यो, लाग्यो रगतका थेक्लाहरू ढुङ्गे छेस्कोहरूमा ।
अनि ताली ठोक्दै उसैको पछि भकरल्तै देखिन्छन् रैथाने केटा केटी ।
बुढी बजै फुस्फुसाउनु हुन्छ ‘बिचरा बक्खे पारीको पहरामा गीत गाउँदै अम्लिसोको फुर्को तान्दा लडेर श्रीमतीको देहावसान पश्चात् बहुलाको ऊ । प्रत्येक शुक्लपक्ष, रगताम्य दौड लगाउँछ अग्लो पहराको फेँद सम्म ।’
छेउमै बसेकी अन्तरी छ्यामाको आँखा धाप बन्छ उसकै दामली छोरो सम्झन्दै । खाडी राष्ट्रमा कोरोनाको कारण मरेको लास बुझ्न आउनोस भन्ने समचार हिजो जो वाडाले सूचित गरेको छ उहाँलाई ।
धेरै दिन भो चालचुल छैन स्वास्नी शोकी बहुलाको ।
बहुला हराको चौथो महिना कृष्णपक्ष रात गाउँलेहरू राँको, टर्च, मोबाइल बालेर चौकी पुगे ।
बुढी बजु छक्क छिन् आगनमा उभिएर झुरुम्मी, तीनतारा बिच्छी ताराहरू हेर्दै । कोही छैनन् घर हिँड्न सक्ने जति नबुझी गएका छन् चौकी तिरै ।
बल्ल बल्ल बुहारी आइपुगि फ्याफ्या गर्दै ।
बजैको छट्पटी ’के भए छ बुहारी ?’
’बौलाहाले तीननम्बर वडा सदस्यको तेह्र वर्षे छारीलाई बलत्कार गरेर हत्या गरे छ ।’ एकै सासमा बोली बुहारी ।
’ऐ होके …।’ बिश्वास लागेन बजैलाई । अहँ मरिकाटे लागेन त्यस्तो जघन्य अपराध बक्खेले गर्याे होला भन्ने ।
लिम्चुङ्बुङ-२,ताम्लिछा, डाँडा गाउँ
हालः त्रियुगा नगरपालिका–११, संगमटोल, उदयपुर
१ नम्बर प्रदेश
वि.सं.२०७७ साउन १७ शनिवार ०८:४३ मा प्रकाशित






























