back
CTIZAN AD

ओली–दाहाल बैठक : दुवै पक्ष आ–आफ्नै अडानमा अडिग, स्थायी समिति बैठक अझै अनिश्चित

वि.सं.२०७७ साउन १९ सोमवार

759 

shares

काठमाडौं । आन्तरिक गतिरोध हल गर्न भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता सकिएको छ । सोमबार बिहान बालुवाटारमा भएको वार्ता पुनः छलफलमा बस्ने सहमती सहित सकिएको नेकपा स्रोतले जनाएको छ ।

‘छलफल भयो, त्यसैलाई सकारात्मक भनौं, भोली फेरि छलफल हुने सहमती भएको छ’ ओली–दाहाल वार्तामा सहभागी एक नेताले भने, ‘आजको छलफललाई निरन्तरताको रुपमा बुझ्न सकिन्छ ।’

उनका अनुसार स्थायी समिति बैठक बस्ने नबस्ने विषय भने झनै अनिश्चित बनेको छ । दुवै नेताहरु आ–आफ्नै अडानमा अडिग देखिएका छन् । जनाइएअनुसार छलफलमा ओलीले सचिवालय बैठक बोलाएर सहमती खोज्नुपर्ने प्रस्ताव राखेका थिए भने दाहालले स्थायी समितिबाटै सहमती खोज्नुपर्ने प्रस्ताव राखेका थिए । छलफलमा दाहालले स्थायी समिति बैठकलाई अनिश्चित गराउन नहुने तर्क राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा अध्यक्षद्वयसँगै पार्टी वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवाचन्द्र नेमाङ्गको पनि सहभागिता थियो । यसअघि आइतबार भएको छलफलमा पनि खनाल र नेमाङ्ग सहभागी थिए ।

गत असार १० देखि जारी नेकपा स्थायी समिति बैठक आन्तरिक विवादकै कारण पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो समय गत साउन १३ मा बोलाइएको बैठक ओलीले स्थगित गर्ने र दाहालले सञ्चालन गर्ने गरेसँगै नेकपाभित्रको आन्तरिक विवाद झनै चुलिदैं गएको छ ।

गत साउन १३ मा प्रचण्डले एकल बैठक राखेसँगै दुई अध्यक्षबीचको तिक्तता उत्कर्षमा पुगेको थियो । त्यसयता दुई अध्यक्षबीच संवादसमेत हुन सकेको थिएन ।

वि.सं.२०७७ साउन १९ सोमवार १२:१५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...