back
CTIZAN AD

सेयर बजारमा सामान्य सुधार, बीमा समूहले उल्लेख्य कमाए

वि.सं.२०७७ साउन १९ सोमवार

876 

shares

१९ साउन, काठमाडौं । सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन आईतबार ओरालो लागेको सेयर बजारमा सोमबार भने सामान्य सुधार देखिएको छ । सोमबार परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभमा पनि सामान्य बृद्धि देखिएको छ । आज सेन्सेटिभ १.४७ अंकले बढेर २९४.२४ बिन्दुमा पुगेको छ ।

बिकास बैंक, जलबिद्युत र सामूहिक लगानी कोष बाहेक ९ वटा उपसूचक समूहको परिसूचक भने उकालो लागेको छ । आज १ अर्ब २९ करोड, २ लाख ५२ हजार २१३ रुपैंयाँ. बराबरको ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर किनबेच भएको छ । त्यसमध्ये १६ हजार ६६६ पटकको किनबेचमा १९० पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको बजारमा बीमा समूहको कमाई उल्लेख्य देखिएको छ । त्यसमध्ये जीवन बीमा समूहले ५८.७४ र निर्जीबन बीमा समूहले ४६.७१ अंक कमाएका छन ।

सिभिल लघुबित्त(५९), नेपाल सेभ लघुबित्त(५०), गणपति लघुबित्त(३४) लगायत कम्पनीहरुका लगानीकर्ताले कमाउँदा, मिथिला लघुबित्त(२९), यूनाईटेड फाईनान्स(१०) हिमालयन पावर पार्टनर(६) लगायत कम्पनीहरुका लगानीकार्ताहरुले गुमाएका छन ।

त्यस्तै कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । उसको आज ३४ करोड २९ लाख, ६० हजार ५ सय रुपैंयाँ बराबरको २८ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ भने नेपाल पूनर्बीमा कम्पनीको सेयर सबैभन्दा बढी २ हजार २१७ पटक लेनदेन भएको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार १७:१९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...