back
CTIZAN AD

एभरेष्ट कप युरोप २०२० को उपाधि एनआरएनए नर्वेलाई

वि.सं.२०७७ साउन २० मंगलवार

909 

shares

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेद्वारा आयोजना गरिएको एभरेष्ट रनिङ्ग कप २०२० भब्य सफलताका साथ सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो स्थित Sognsvann नर्वेजियन खेलकुद स्कुलको ग्राउण्डमा अगस्त २ मा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक टिमले नै प्रथम स्थान हासिल गरी शिल्ड प्रमाण-पत्र र नगद हात पारेको हो ।

नर्वेमा रहेका नेपाली संघसस्था र अन्य टिम सहित सहभागी ८ टिमको सो खेलमा नेपाली पोर्तुगिज समाज (नेपोस) नर्वे भने उपबिजेता बनेको छ ।

दर्शकहरुको मन जित्न सफल फाइनलमा पुगेको नेपोस रनर अप भएको थियो । प्रथम भै उपाधि जित्न सफल फाइनलमा पुगेको एनआरएनएले नेपोस नर्वेलाई ५-१ ले पराजित गरेको थियो ।एनआरएनए टिम क्याप्टेन जित बहादुर मगर र मेनेजर नारायण थापा हुनुहुन्थ्यो ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने नेपोस नर्वेका क्याप्टेन जेनिस बानियाले ७ गोल गरि सर्बाधिक गोलकर्ता घोषित भए भने सो टिमको मेनेजर राजन गौचनले गर्नु भएको थियो I

एनआरएनएको टिमबाट सहभागी विकल तिवारी उत्कृष्ट खेलाडी बनेका छन् । साथै प्रतियोगितामा सहभागी ८ टिममा अनुशासित टिममा द सिनियर टिम घोषणा भएको थियो ।

बिगत २००८ मा नर्वेको ओस (AS ) फुटबल कार्यक्रमममा भिषण वर्षासंगै भएको बायु ( चट्यांग ) दुर्घटनामा परेका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा २०१३ देखि एनआरएनए नर्वेले एभरेस्ट कप फुटबलको आयोजना गर्दै आएको हो ।

२०१३ देखि ‘एभरेष्ट कप नर्वे हुदै एभरेष्ट कप युरोप’ सम्म जोडिएको इतिहास भएको एभेरेष्ट कप फुटबल यसबर्ष कोरोना भाइरस (कोभिड –१९ ) को सक्रमण र जोखिम बढ्दै गएकोले बिगत बर्ष झैँ यसबर्ष यूरोपका अन्य टिमहरु सहभागी हुन सकेन ।

एनआरएनए अध्यक्ष नयन मल्ल र आईसीसी सदस्य राजु अर्यालद्वारा संयुक्तरुपमा २ मैदानमा फुटवल वितरण गर्दै उद्घाटन गरिएको उक्त प्रतियोगिता नेपाली राष्ट्रिय धुन बजाई सुरु गरिएको थियो । यसपटकको एभरेस्ट कपमा एनआरएन नर्वे, नेपाली पोतुगिज समाज, (नेपोस) नर्वे, नेपाली सोसाइटी ओस (नेप्सा), नेस्को राइजिङ्ग स्टार, द सिनियर , प्रवासी एकता मंच ( ONUF) र JSS जनसम्पर्क समिति नर्वे गरि ८ टिमको सहभागिता रहेको थियो ।

दर्शकहरुको थप मनोरन्जनका लागि मध्यान्तरमा एक खेल मैदानमा अविभावक टिम र अर्को मैदानमा १४ बर्ष सम्मका वालबच्चाहरुको फुटबल खेलले बाल बच्चाहरुमा थप उत्साह थपिनुका साथै दर्शक हरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

शिल्ड तथा पुरस्कार वितरण कार्य क्रमममा संघ सस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा वितरण गरेका थिए । एनआरएनए नर्वेका अध्यक्ष नयन मल्ल, उपाध्यक्षद्वय जीवन बहादुर शाही र किरण गुरुङ, महासचिव पवित्र बस्नेत, युवा संयोजक नारायण थापा, अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य राजु अर्याल, एनआरएनएका सल्लाहाकार संजिव कुमार थापा, प्रेम परियार, कुमार पण्डित, jss का जितेन्द्र शाही, प्रबासी एकता मंचका बिश्वास बजगाई, हेल्पिग ह्यान्ड फर नेपालका तसुवार खान, अन्तरष्ट्रिय साहित्य समाज अध्यक्ष बिष्णु माया (बिभु) को रोहबरमा संयुक्त रुपमा वितरण गरिएको थियो ।

गोलको रिपोर्टिंगसंगै सचिव दिपक पौडेलले नेपाली समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन, युरोपमा रहेका नेपालीबीच एकता कायम गर्ने उद्देश्यले बिस्तार गरिएको एभरेस्ट कप नर्वे हुदै एभरेस्ट कप युरोप मैत्रीपूर्ण रनिङ्ग शिल्ड फुटबल आयोजना भएको कुरा दर्शक हरु माझ दोहोर्याएका थिए ।

आयोजक कमिटी एनआरएनए नर्वेका अध्यक्ष नयन मल्ल, युवासंयोजक नारायण थापा ,महासचिव पवित्र बस्नेतले खेलले सबैमा हौसला दिएको र भविष्यमा पनि यस्ता खेलहरु आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा झन्डै ३०० जनाको उपस्थित रहेको सो स्थानमा नेपाली परिकारको खानाको बिशेष ब्यबस्था गरिएको थियो ।

वि.सं.२०७७ साउन २० मंगलवार १५:२२ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...