इतिहासलाई पहिलो पटक आफ्नो वास्तबिक आधार मिल्यो । यो आधार एउटा बहुतै स्पष्ट सत्य हो जसप्रति पहिला मानिसहरुको ध्यान बिल्कुलै गएको थिएन, अर्थात् यो सत्य हो कि मानिसहरुलाई सबैभन्दा पहिला खाना–पिना, ओढ्ने–पहिरने र बास बस्ने छत चाहिन्छ, यसकारण पहिला उनीहरुले आधारभूतरुपमा काम गर्नैपर्ने हुन्छ, त्यसपछि मात्रै उनीहरु प्रभूत्वका लागि एक अर्कासँग झगडा गर्न सक्तछन्, अनि राजनीति, धर्म, दर्शनलाई आफ्नो समय दिन सक्तछन् । अन्त्यतः यस स्पष्ट खुल्ला सत्यलाई ऐतिहासिक अधिकार प्राप्त भयो ।
विज्ञानको इतिहासमा मार्क्सले जुन महत्वपूर्ण कुरा पत्ता लगाएर आफ्नो नाम अमर तुल्याए तिनमध्येमा यहाँ म दुइटा कुराको उल्लेख गर्न सक्छु ।
पहलो कुरा त बिश्व इतिहासको सम्पूर्ण धारणामा नै त्यो क्रान्ति हो, जुन उनले(मार्क्सले) सम्पन्न गरे । इतिहासको पहिलाको सम्पूर्ण दृष्टिकोण यस धारणामा आधारित थियो कि सबै किसिमका ऐतिहासिक परिवर्तनहरुको मूल कारण मानिसको परिवर्तनशील बिचारमा नै मिल्दछ र सबै किसिमका ऐतिहासिक परिवर्तनहरुमा सबैभन्दा महत्वपूर्ण राजनीतिक परिवर्तनहरु नै हुन तथा सम्पूर्ण इतिहासमा तिनैको प्रधानता छ । तर मानिसहरुले यो प्रश्न गरेका थिएनन् कि मानिसको मन मस्तिष्कमा यी बिचारहरु कहाबाट आउँदछन् र राजनैति परिवर्तनका प्रेरक शक्तिहरु के हुन् । केवल फ्रान्सेली र केही केही अग्रेज इतिहासकारहरुका नबीनतर शाखाहरुमा यो बिश्वास एकाएक प्रबिष्ट भएको थियो कि कम्तिमा पनि मध्य युगदेखि सामाजिक तथा राजनीतिक प्रभुत्वका लागि उदीयमान पूँजीपति बर्गको सामन्ती अभिजात बर्गकासाथ संघर्ष यूरोपको इतिहासको प्रेरक शक्ति रह्यो । माक्र्सले सिद्ध गरिदिए कि अहिलेसम्मको सारा इतिहास बर्ग संघर्षहरुकै इतिहास हो, अहिलेसम्मका सबै बिबिधरुपी र जटील राजनीतिक संघर्षको जडमा केवल सामाजिक बर्गहरुको राजनीतिक तथा सामाजिक शासनको समस्या, पुराना बर्गहरुद्वारा आफ्नो प्रभूत्व कायम राख्ने तथा नयाँ हुर्किरहेका बर्गहरुद्वारा त्यस प्रभूत्वलाई हस्तगत गर्ने समस्या नै रहेको छ । तर बर्गहरुले जन्म लिने र कायम रहने कारण के हो ? यिनको कारण ती शुद्ध भौतिक, गोचर परिस्थितिहरु हुन् जस अन्तरगत समाज कुनै पनि युगमा आफ्ना जीवन यापनका साधनहरुको उत्पादन र बिनिमय गर्दछ । मध्य युगको सामन्ती शासनको आधार स–साना कृषक समुदायको स्वाबलम्बी अर्थ ब्यवस्था थियो, जसले आफ्ना आवश्यकताका प्रायः सबै चीजबिजहरुको स्वयं उत्पादन गर्ने गर्दथ्यो । तिनमा बिनिमयको प्रायः पूर्ण अभाव थियो, शस्त्रधारी सामन्तहरुले बाहिरी आक्रमणबाट तिनको रक्षा गर्दथे, तिनलाई जातीय या कम्तिमा पनि राजनीतिक एकता प्रदान गर्दथे । नगरहरुको अभ्युदयसँगै भिन्ना भिन्नै ब्यपारीहरु र परस्पर ब्यापारको विकास भयो जुन पहिला आन्तरिक क्षेत्रमा मात्र सीमित थियो अनि अगाडि गएर अन्तर्राष्ट्रिय हुन पुग्यो । यी सबै कुराकासाथ नगरका पूँजीपति बर्गको बिकास भयो र यसरी मध्यम बर्गले नै सामन्तहरुसँग लडभिड गरेर सामन्ती ब्यवस्था भित्र एक बिशेषाधिकार प्राप्त श्रेणीकोरुपमा आफ्नो लागि स्थान बनाएको थियो ।
परन्तु १५ औं शताब्दीको मध्यदेखि यूरोप बाहिरको संसार पत्ता लागेपछि यो पूँजीपति बर्गलाई आफ्नो ब्यापारको लागि अझ बिस्तृत क्षेत्र प्राप्त भयो । यसबाट उसलाई आफ्नो उद्योगधन्धाहरुका लागि नयाँ स्फूर्ति या ऊर्जा मिल्यो । प्रमुख शाखाहरुमा ब्यापारको साटो उत्पादन उद्योग (मेनुफेक्चर)ले स्थान लियो जुन अब कारखानाको स्तरमा स्थापित भएको थियो । अनि त्यसको ठाउ पनि ठूला स्तरका उद्योग धन्धाले लियो जुन बितेको शताब्दीका आबिष्कारहरु, खासगरी बाफले चल्ने इञ्जिनको आबिष्कारबाट सम्भब भएको थियो । ठूलो स्तरको उद्योगको ब्यापारमा यो प्रभाव प¥यो कि पिछडिएका देशका पुरानो हातले गर्ने काम ठप्प हुन गयो र उन्नत देशहरुमा उसले सञ्चारका आधुनिक नयाँ साधनहरु बाफले चल्ने जहाज, रेल, बिद्यूतीय तार – उत्पन्न गरे । यस प्रकारले पूँजीपति बर्गले सामाजिक सम्पत्ति र सामाजिक शक्ति दुबैलाई अधिकाधिक आफ्नो हातमा केद्रित गर्न थाल्यो, यद्यपि लामो समयसम्म राजनीतिक सत्ताबाट भने उ बञ्चित रह्यो जुन सामन्त र तिनबाट समर्थित राजतन्त्रको हातमा थियो । तर बिकासको एउटा यस्तो चरण (मञ्जिल) आयो – फ्रान्समा महान क्रान्ति पछि – जब उसले राजनीति सत्तालाई पनि हत्यायो, र त्यसपछि ऊ सर्बहारा बर्ग र साना किसानहरुमाथि शासन गर्ने बर्ग बन्न पुग्यो । यस दृष्टिकोणले, समाजको बिशेष आर्थिक स्थितिको सम्यक ज्ञान हुँदा साथै ऐतिहासिक घटनाहरुको अत्यन्तै सरलतापूर्वक ब्याख्या गर्न सकिन्छ, यद्यपि यो सही हो कि हाम्रा पेशेबर इतिहासकारहरुमा यो ज्ञानको सर्बथा अभाव छ । यसरी नै हरेक ऐतिहासिक युगका धारणाहरु र त्यसका बिचारहरुको ब्याख्या बडो सरलतापूर्बक त्यस युगको आर्थिक जीबन अबस्थाहरु र सामाजिक तथा राजनीतिक सम्वन्धहरुको आधारमा (यी सम्वन्धहरु प्नि मूलतः आर्थिक परिस्थितिहरुद्वारा नै निर्धारित हुने गर्दछन्)गर्न सकिन्छ । यसरी इतिहासलाई पहिलो पटक आफ्नो वास्तबिक आधार मिल्यो । यो आधार एउटा बहुतै स्पष्ट सत्य हो जसप्रति पहिला मानिसहरुको ध्यान बिल्कुलै गएको थिएन, अर्थात् यो सत्य हो कि मानिसहरुलाई सबैभन्दा पहिला खाना–पिना, ओढ्ने–पहिरने र बास बस्ने छत चाहिन्छ, यसकारण पहिला उनीहरुले आधारभूतरुपमा काम गर्नैपर्ने हुन्छ, त्यसपछि मात्रै उनीहरु प्रभूत्वका लागि एक अर्कासँग झगडा गर्न सक्तछन्, अनि राजनीति, धर्म, दर्शनलाई आफ्नो समय दिन सक्तछन् । अन्त्यतः यस स्पष्ट खुल्ला सत्यलाई ऐतिहासिक अधिकार प्राप्त भयो ।

समाजबादी दृष्टिकोणका लागि इतिहासको यो नयाँ धारणा सर्बोच्च महत्वको थियो । यसबाट पत्ता लाग्यो कि पहिलाको सम्पूर्ण इतिहासको गति बर्ग–बिरोध तथा बर्ग संघर्षको बीचमै रह्यो, कि शासक र शासित, शोषक र शोषित बर्गहरुको अस्तित्व बराबार रहेको छ र यो कि मानव जातिको अधकांश भागको पल्लाले सधै निक्कै परिश्रम गर्नु प¥यो । आनन्दोपभोग बहुतै कम । यस्तो किनभयो रु यसकारण कि मानब – जातिको बिकासका सबै बितेका मञ्जिल या चरणहरुमा उत्पादनको बिकास यत्तिको कम भयो कि ऐतिहासिक बिकास यस अन्तरबिरोधीरुपमा नै हुन सक्तथ्यो । ऐतिहासिक प्रगति कूल मिलाएर एउटा बिशेषाधिकार प्राप्त अल्पसंख्यक समुदायकोहरुको भाग्यमा आफ्नो श्रमद्वारा जीवन निर्बाहको आफ्नो स्वल्प साधन र त्यसको अतिरिक्त बिशेषाधिकार सम्पन्न समुदायका लागि अधिकाधिक प्रचुर साधन उत्पादित गर्नु रहन गएको थियो । तर इतिहासको यही खोजबिनले, जुन हामीलाई यस प्रकार पहिलाको वर्ग शासनको स्वाभाबिक एबं बुद्धिसम्मत ब्याख्या प्रदान गर्दछ – अन्यथा हामी मानब–स्वाभाको दुष्टताद्वारा नै त्यसको ब्याख्या गर्न सक्ने थियौं, साथ–साथै हामीलाई यो बोध गराउँद छ कि बर्तमान युगमा उत्पादक शक्तिहरुको अति प्रचण्ड विकासका कारण मानव जातिलाई शासक र शाषित अनि शोषक अनि शोषितमा बिभाजन गरेर राख्ने अन्तिम बाहना पनि, कम्तिमा सबैभन्दा उन्नत देशहरुमा, मेटिसकिएको छ कि शासक ठूला पूँजीपतिले आफ्नो ऐतिहासिक भूमिका समाप्त गरिसकेका छन्, र जस्तो कि ब्यापारिक संकटहरु, र बिशेषगरी बितेको भयंकर ठूलो गिरावट र सम्पूर्ण देशहरुमा फैलिएको मन्दीबाट सिद्ध भइसकेको छ, उनीहरु समाजको नेतृत्वगर्न योग्य अब रहेनन्, बरु उत्पादनको बिकासमा बाधक बन्न गएका छन् र ऐतिहासिक नेतृत्व सर्बहारा बर्गको हातमा आइपुग्यो जुन बर्गले समाजमा आफ्नो समग्र स्थितिका कारण सम्पूर्ण बर्ग शासन, सम्पूर्ण दासता एवं सम्पूर्ण शोषणको अन्त्य गरेर नै आफुलाई मुक्त गर्न सक्तछ । अनि यो कि सामाजिक उत्पादक शक्तिहरु, जो यत्तिका बिकसित भएका छन् कि पूँजीपति बर्गको काबुभन्दा बाहिर छन्, बस यस प्रतिक्षामा छन् कि यस्तो अबस्था कायम गर्न सकियोस् जसमा समाजका प्रत्येक सदस्यले केवल सामाजिक सम्पदा उत्पादनमा मात्र होइन, त्यसका अतिरिक्त बितरण र प्रबन्धनमा पनि हात बटाउन सक्तछ, र जुन अबस्था सम्पूर्ण उत्पादनको नियोजित सञ्चालनद्वारा सामाजिक उत्पादक शक्तिहरु र तिनको उपजलाई बढावा दिने छ कि प्रत्येक ब्यक्तिका सबै उचित आवश्यकताहरुको उत्तरोत्तर बढ्दो मात्रामा पूर्तिको पनि सुनिश्चितता हुनजाने छ ।
मार्क्सले जुन दोश्रो महत्वपूर्ण कुराको पत्तो लगाएका हुन् त्यो पूँजी र श्रमको सम्बन्धको निश्चित स्पष्टीकरण हो । अर्को शब्दमा, उनले के देखाएका हुन् भने बर्तमान समाजमा र उत्पादनको मौजूदा पूजीवादी प्रणाली अन्तरगत कस्तो किसिमले पूँजीपतिले मजदुरको शोषण गर्दछ । जुनबेलादेखि राजनीतिक अर्थशास्त्रले यो प्रस्थापना प्रस्तुत ग¥यो कि सम्पूर्ण सम्पदा र सम्पूर्ण मूल्यको श्रोत श्रम नै हो, त्यतिबेलैदेखि यो प्रश्न पनि अनिवार्यरुपले सामुमा आयो कि यस कुरासँग हामीले यस तथ्यको कसरी मेल गराउने कि उजारिएर कंगाल बन्दै गएको मजदुरले आफ्नो श्रमबाट जुन मूल्य उत्पन्न गर्दछ त्यो पूराका पूरा उसले पाउँदैन, बरु त्यसको एउटा अशं उसले पूँजीपतिलाई दिनु पर्दछ ! पूँजीवादी तथा समाजबादी दुबै किसिमका अर्थशास्त्रीहरुले यस प्रश्नको यस्तो उत्तर दिने प्रयत्न गरे, जुन बैज्ञानिक दृष्टिले सुसंगत होस्, तर उनीहरु बिफल रहे ।
अन्त्यमा मार्क्सले नै त्यसको सही उत्तर दिए । त्यो उत्तर यस प्रकारको छ : उत्पादनको बर्तमान पूँजीवादी प्रणालीमा समाजमा दुइ बर्ग छन् – एकातिर पूँजीपतिहरुको बर्ग छ, जसको हातमा उत्पादन र जीवन–निर्वाहका साधन छन्, अर्कोतिर सर्बहारा बर्ग छ, जोसँग यी साधनहरुबाट बञ्चित रहनुको कारणले बेच्नका लागि केवल एउटा माल(आफ्नो श्रम–शक्ति) नै मात्र छ र यसकारण उ जीवन निर्बाहका साधन प्राप्त गर्नका लागि आफ्नो श्रम शक्ति बेच्नका लागि बाध्य छ । परन्तु कुनै मालको मूल्य त्यसको उत्पादनमा, र यसकारण त्यसको पुनरुत्पादनमा पनि , लागेको सामाजिक दृष्टिले आवश्यक श्रमको मात्राबाट निर्धारित हुन्छ । अतः एकजना सरदर मानिसको एक दिन, एक महिना या एक बर्षको श्रम–शक्तिको मूल्य यस श्रम–शक्तिलाई एक दिन, एक महिना या एक बर्षसम्म कायम राख्नका लागि आबश्यक जीवन–निर्बाहका साधनहरुमा लागेको श्रमको मात्राबाट निर्धारित हुन्छ ।
मानिलिऔं कि कुनै मजदुरलाई एक दिनको जीवन निर्बाहका साधनहरुको उत्पादनका लागि ६ घण्टाको श्रम चाहियो अर्थात यही कुरालाई यसरी भनौं, तिनमा लागेको श्रम छ घण्टाको श्रमको मात्रा बराबार छ, भने श्रम–शक्तिको एक दिनको मूल्य यस्तो रकममा ब्यक्ति हुनेछ जसमा पनि ६ घण्टाकै श्रम लागेको होस् । अब यो पनि मानिलिऔं कि यस मजदुरलाई काममा लगाउनेवाला पूजीपतिले उसलाई सट्टामा यो रकम दिन्छ र यस कारण उसको श्रम–शक्तिको पूरा मूल्य उसबाट उठाउँदछ । अब यदि मजदुर दिनमा छ घण्टा पूँजीपतिका लागि काम गर्दछ भने उसले पूँजीपतिको पूरै लागत चुक्ता गरिदिन्छ (छ घण्टाको मूल्यको बदला छ घण्टाको श्रम दिन्छ) । तर यस्तो अबस्थामा पूँजीपतिका लागि केही बाँकी रहन्न, अनि यस कारण उसले यसलाई बिल्कुलै भिन्नै ढंगले हेर्दछ । उसले भन्दछ : मैले त यस मजदुरको श्रम शक्ति छ घण्टाका लागि होइन कि पूरै दिनका लागि किनेको छु, र यसकारण उसले मजदुरसँग ८, १०, १२, १४ या त्यो भन्दा पनि अधिक घण्टासम्मको उपज, अशोधित श्रमको, यस्तो श्रमको जसको भुक्तानी गरिएकै छैन, उपज हुन्छ, अनि त्यो सिधै पूँजीपतिको गोजीमा पुगिहाल्दछ । यस प्रकार पूजीपतिकोमा नोकरी गर्ने मजदुरले केवल त्यस श्रम–शक्तिको मूल्य नै मात्र पुनरुत्पादित गर्दछ, त्यसो नभएर जसको लागि उसलाई मजुरी मिल्दछ, बरु त्यसका अतिरिक्त उसले त्यो अतिरिक्त मूल्य पनि पैदा गर्दछ जसलाई पहिला नै पूँजीपतिले हस्तगत गर्दछ र जुन पछिबाट निश्चित आर्थिक नियम अनुसार समुच्चै पूजिपति बर्गका बीच बितरित हुनेगर्दछ । यो अतिरिक्त मूल्य त्यो मूल कोष हुन्छ जसबाट लगानी, मुनाफा, पूँजीको सञ्चय बन्दछ – संक्षेपमा त्यो सारा सम्पत्ति बन्दछ जसको गैर श्रमजीबी बर्गले त्यसको उपभोग या सञ्चय गर्दछन् । यसबाट के सिद्ध भएको छ भने आजका पूँजीपतिहरुद्वारा धन सञ्चय त्यसै प्रकारको अरुको अशोधित श्रमको हस्तगतकरण हो जस्तो प्रकारले दास–मालिकहरु या भू–दास श्रमका शोषण गराउने सामन्ती प्रभुहरुको धन–सञ्चय थियो, अनि शोषणका यी सबै रुपहरुमा अन्तर केवल अशोधित श्रमको हस्तगतकरणको तरीका र ढंगको मात्रै हो । तर यस कुराले सम्पत्तिधारी बर्गको ढोङ्गपूर्ण शब्दजालको अन्तिम औचित्य पनि समाप्त गरिदियो, जसको आशय यो हुन्थ्यो कि बर्तमान सामाजिक ब्यवस्थामा कानुन र न्याय, अधिकार र कत्र्तब्यको समानता तथा हितहरुको सामाञ्जस्यको बोलबाला छ, अनि यो पनि प्रकट गरिदियो कि बर्तमान पूँजीवादी समाज, आफ्ना पूर्बबर्ती समाजहरु नै जस्तो, त्यो भन्दा कुनै किसिमले कम होइन, जनताको बिशाल बहुसंख्याको निरन्तर घट्दै नै गइरहेको अल्पसंख्यक समुदायद्वारा शोषणको एउटा भीमकाय संस्था मात्र हो ।
(एंगेल्सद्वारा मार्क्सबारेमा जून १८७७ मा लेखिएको महत्वपूर्ण अंश)
वि.सं.२०७७ साउन २१ बुधवार ०८:५८ मा प्रकाशित






























