back
CTIZAN AD

मुगुमा नेकपाका कार्यकर्ताद्धारा शिक्षक कुटिए

वि.सं.२०७७ साउन २१ बुधवार

795 

shares

२१ साउन, मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले एक शिक्षकलाई निर्घात रुपमा कुटपिट गरि शक्त घाइते बनाएका छन् ।

सोरु गाउँपालिका-३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिष्णु राज धामीलाई सोमबार राति नेकपाका कार्यक्रर्ताहरुले मरणाशन्न हुने गरि कुटपिट गरी शक्त घाइते बनाएका हुन् ।

भीई गाउँकै मनोज धामीको नेतृत्वमा सोमबार घाईते धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगेर निर्घात मरणासन्न हुने गरी कुटपिट गरेर घार्ईते बनाएको दाई डिल बहादुर धामीले जनाए ।

उनका अनुसार भाईलाई टाउको, पिठ्यु र तिर्घामा चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था गरि मंगलबार माउन्टेन हलिकप्ट बाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।


दिउसो फुटबल खेल्दा विवाद भएको र राति पूर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि सुत्न गएका धामीको घरमा सोहि गाँउका मनोज धामि सहितको सात जनाको टोली गई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र सोरुकोट बाट भिई गाँउमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजी जारी राखेको प्रहरी प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन् ।

केहीदिन अघि मात्र नेकपाकै कार्यकर्ताहरुले रेडियो श्रीनगर एफएम मुगु सम्वाददाता खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाईते दाई सहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी दिन आएका थिए । दाई सदरमुकाममै रहेको बेला भाईलाई कुटपिट गरिएकोले अगाडीको घटनालाई प्रभावित बनाउन भाईलाई कुटपिट गरिएको हुनसक्ने आंकलन गरिएको छ ।

घाईते बुमीका दाजुभाई स्थायी शिक्षक भएको र गाँउमा आउने विकास तथा अन्य कामकुराको सधै पारदर्शी हिसाव किताव खोज्ने भएकाले यिनीहरुलाई ठेगान लगाए गाँउमा आफनो र पार्टी एकलौटी बर्चस्व हुने भएकाले ज्यान मार्ने उदेश्यले कुटपिट गरेको पीडित परिवारको आरोप छ ।

नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै घटनाको निन्दा गरेको छ । संघले घटनामा संलग्न ब्यक्तिलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरेको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार ०९:४७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...