back
CTIZAN AD

मोटरसाइकल चलाउन नजानेपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले राखे ड्राइभर

वि.सं.२०७७ साउन २१ बुधवार

969 

shares

२१ साउन, खोटाङ । अध्यक्ष र उपाध्यक्ष मोटरसाइकल चलाउन नजान्ने भएपछि खोटाङको बराहपोखरी गाउँपालिकाले चालक राखेको छ ।

चारपांग्रे सवारीसाधनका लागि मात्रै चालक राख्न पाउने नियमावली बनाएको भए पनि बराहपोखरी गाउँपालिकाले दुईपांग्रेका लागि पनि तीनजना चालक राखेर तलब खुवाउँदै आएको छ ।

बराहपोखरी गाउँपालिकाले १७ वटा मटरसाईकल किनेको छ । जसमध्ये दुईवटा मोटरसाइकल अध्यक्ष र उपाध्यक्षका लागि छुट्याएको छ । अन्य मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र वडा कार्यलयले प्रयोग गर्दै आएका छन् ।

अध्यक्ष शालिग्राम बञ्जरा र उपाध्यक्ष गोमा मगरका लागि दुईवटा मोटरसाइकल र चालक तोकिएको छ भने एकजना चालक प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीका लागि नियुक्त गरिएको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

गाउँपालिका अध्यक्ष बञ्जरा कांग्रेसबाट र उपाध्यक्ष मगर तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् । गाउँसभाले बनाएको कर्मचारी नियुक्तसम्बन्धि नियमावलिको प्राविधिक कर्मचारी नियुक्तसम्बन्धी व्यावस्था गाउँपालिकाले ह्याभी र हलुका सवारी साधन चलाउन मात्रै चालक राख्न सक्ने उल्लेख छ । तर, गाउँपालिकाले भने अध्यक्ष र उपाध्यक्षको मोटरसाइकल चलाउनको लागी चालक राखेको हो ।

स्थानीय सेवन राई, खेमराज दाहाल र कैलाश दाहाललाई हलुका सवारीचालकको नियुक्ति पत्र दिएर निजी सहायक चालकको रुपमा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १०:०७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...