२१ साउन, काठमाण्डौं । सुनको मूल्यले आज नयाँ रेर्कड कायम गरेको छ । केहीदिन देखि निरन्तर बढ्दै आएको सुनको भाउ मंगलबारको तुलनामा एकैपटक १६ सयले बढेर १४ सयले वृद्धि भएको हो ।
आइतबार देखि प्रतिदिन २ देखि ४ सयले बढ्दै आएको सुनको भाउ आज एक्कासी १६ सयले बढेको हो । मंगलबार ९९ हजार ८०० सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधबारको बजारमा १ लाख १४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँले कारोबार भइरहेको छ । साथै मंगलबार १,२३० रुपैयाँमा कारोबा भएको चाँदीको भाउ एकैदिनमा ६५ रुपैयाँ बढेर १,२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ साउन २१ बुधवार ११:५५ मा प्रकाशित





























