back
CTIZAN AD

हिमालयज लायन्सको अध्यक्षमा संजय प्रधान निर्विरोध

वि.सं.२०७७ साउन २१ बुधवार

801 

shares

६ अगष्ट । कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्सको अध्यक्षमा संजय प्रधान निर्विरोध निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष प्रधान लगायत सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । बर्तमान बिषम परिस्थितीको कारण कन्फ्रेन्स कल मार्फत भेलाभई सबैको सहमतीमा संस्थाका पदाधिकारी निर्विरोध निर्वाचित भएको जानकारी गराईएको थियो।

यसरी निर्विरोध निर्वाचित भएका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष तथा सचिव जोशन श्रेष्ठ, द्धितिय उपाध्यक्ष प्रेमकाजी श्रेष्ठ, कोषाध्यक्ष विकल पराजुली रहेका छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा मेम्बरसिप चेयरपर्शन नारायण श्रेष्ठ, कम्यूनिकेसन अफिसर नातिबाबु भट्ट र सर्भिस चेयर प्रमोद श्रेष्ठ रहेका छन् । कार्यक्रमको अत्यमा अध्यक्ष जोशन श्रेष्ठले संस्थालाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

झण्डै पाँचबर्ष अगाडी कोलोराडोमा रहेका नेपालीहरुको सकृयतामा गठन गरिएको लङमन्ट हिमालयज लायन्स क्लबको सकृयतामा मातृभूमि नेपाल र कर्मभूमि अमेरिकामा बिभिन्न सामाजिक कृयाकलापका कार्यक्रम गरिदै आएको संस्थापक अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।

स्थाले बाल बालिकाहरुको आँखा जाँच, चश्मा संकलन तथा बितरण, नेपाली भाषा कक्षा संचालन, न्यानो कपडा संकलन तथा बितरण, बृक्ष रोपण, भूकम्प, बाढि पहिरो पिडित तथा असहाय अपाङ्गता भएका व्याक्तिहरुकालागी सहयोग संकलन र बितरण र घरवार बिहीनहरुलाई खाना बितरण लगायत बिभिन्न संस्कृतिक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

वि.सं.२०७७ साउन २१ बुधवार १२:३० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...