back
CTIZAN AD

कविताः के जानिन

वि.सं.२०७७ साउन २४ शनिवार

948 

shares

खुशी जोड्छु भन्यो घट्दै जान्छ
दुःख घटाउछु भन्यो थपिदै जान्छ
लक्ष्य माथि सार्यो तल-तल झर्छ
तनाव तल झार्यो माथि माथि सर्छ
सुख चाह्यो पीडा भागमा पर्छ
जिन्दगीले यसरी किन गोलमाल गर्छ
अस्ति भन्दा हिजो,हिजो भन्दा आज
यो जिन्दगी सहज ठानिन
खै मैले के जानिन के जानिनँ ।

मान्छेहरु भन्थे,
सोझो औलाले घिउ आउदैन
औला नचाटी जिउ लाउदैन
पिठो बिक्छ बोल्नेहरुको
नबोल्नेको चामलले भाउ पाउदैन
दुईमा दुई नै थपे नि पाँच हुन्छ
यहि सुत्रमा जिन्दगीको जाँच हुन्छ
सुनिमात्र रहे, विश्वास मानिन
खै मैले के जानिनँ के जानिनँ ।

गौडो कुरी मान्छेहरु
मौका आउला पख भन्दोरहेछ
काखमा लिएपछि
बिरालो नै बाघ बन्दोरहेछ
बैगुनीलाई गुनले मार्नु
खडेरीमा बिरुवा सार्नु
उस्तै उस्तै न रहेछ
आकाशको तारा झटारले झार्नु
गाह्रै रहेछ हजुर धर्तीमा धानिन
खै मैले के जानिनँ के जानिनँ ।

न गुनासो गरेर काम छ
न परिस्थितिको लगाम छ
न सोचे जस्तो छ
न सम्झे जस्तो छ
आफैलाई पत्तो छैन
यो जिन्दगीको चाल कस्तो छ
चलिरहदा यात्रा
लम्किरहदा कदम
पल पल खतरा छ खुट्टा तानिन
खै मैले के जानिन के जानिनँ ।

वि.सं.२०७७ साउन २४ शनिवार ०९:०३ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...