back
CTIZAN AD

कविताः के जानिन

वि.सं.२०७७ साउन २४ शनिवार

897 

shares

खुशी जोड्छु भन्यो घट्दै जान्छ
दुःख घटाउछु भन्यो थपिदै जान्छ
लक्ष्य माथि सार्यो तल-तल झर्छ
तनाव तल झार्यो माथि माथि सर्छ
सुख चाह्यो पीडा भागमा पर्छ
जिन्दगीले यसरी किन गोलमाल गर्छ
अस्ति भन्दा हिजो,हिजो भन्दा आज
यो जिन्दगी सहज ठानिन
खै मैले के जानिन के जानिनँ ।

मान्छेहरु भन्थे,
सोझो औलाले घिउ आउदैन
औला नचाटी जिउ लाउदैन
पिठो बिक्छ बोल्नेहरुको
नबोल्नेको चामलले भाउ पाउदैन
दुईमा दुई नै थपे नि पाँच हुन्छ
यहि सुत्रमा जिन्दगीको जाँच हुन्छ
सुनिमात्र रहे, विश्वास मानिन
खै मैले के जानिनँ के जानिनँ ।

गौडो कुरी मान्छेहरु
मौका आउला पख भन्दोरहेछ
काखमा लिएपछि
बिरालो नै बाघ बन्दोरहेछ
बैगुनीलाई गुनले मार्नु
खडेरीमा बिरुवा सार्नु
उस्तै उस्तै न रहेछ
आकाशको तारा झटारले झार्नु
गाह्रै रहेछ हजुर धर्तीमा धानिन
खै मैले के जानिनँ के जानिनँ ।

न गुनासो गरेर काम छ
न परिस्थितिको लगाम छ
न सोचे जस्तो छ
न सम्झे जस्तो छ
आफैलाई पत्तो छैन
यो जिन्दगीको चाल कस्तो छ
चलिरहदा यात्रा
लम्किरहदा कदम
पल पल खतरा छ खुट्टा तानिन
खै मैले के जानिन के जानिनँ ।

वि.सं.२०७७ साउन २४ शनिवार ०९:०३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...