
१
बिहानी मुस्कुरायो,
शुभ दिनको कामना,
सफल बनुन कल्पना ।
२)
नियत थाहा भयो,
देखेछौ फल पाकेको,
अनि पो भन्सार ताकेको !
३
गणतन्त्र ता आयो,
अनुशासन पो खोइ,
जनता हिड्छन् रोई रोई ।
४
सम्पति अंश लाग्यो,
पीडा व्यथा मैले राखें,
त्यस पछि पो आंशु चाखें ।
५
पैसाले नै बदल्यो,
विवेक विक्यो कि कतै,
बुद्धि अल्मलियो कि उतै ।
वि.सं.२०७७ साउन २४ शनिवार ०९:०६ मा प्रकाशित






























