back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ साउन २४ शनिवार

3.9K 

shares


चामल पाएँ भन्दैमा भुसको बेवस्ता नगर्नु ।
आगो तापे पछी पुसको बेवास्ता नगर्नु ।
आमा नारी हुन भने बुवा जनक हैन र ?
ए ! नारीबादी हरु पुरुषको बेवस्ता नगर्नु ।

गरिबलाई माया गर्नु भो घाटा लाग्ने भो हजुरलाई ।
फुल झै कोमल शरीरमा काँटा लाग्ने भो हजुरलाई ।
हिजोसम्म रोटीको लागि कत्रो सङ्घर्ष गर्नु भयो
कमाएपछी त्यही जाबो आँटा लाग्ने भो हजुरलाई ।

बालुवामा खसालेर पानी रहर मात्र भो ।
बिधुवाले पालेको जवानी रहर मात्र भो ।
आमाबुवा नै नचिन्ने यो स्वार्थी सहरमा
तिम्रो मित्रता या चिनाजानी रहर मात्र भो ।

मन ठीक छैन भने फूल पनि काँडो लाग्दो रहेछ
आफ्नै जिन्दगी आफ्नै छायाँ घाँडो लाग्दो रहेछ
दवाई नलागेर कति मान्छेको ज्यान गयो होला
यो जाँड रक्सी भन्ने कति चाँडो लाग्दो रहेछ ।

पाखुरामा सम्पती बोलीबचनमै ईश्टमित्र रहेछ ।
मान्छेलाई असल बनाउँने त मान्छेभित्र रहेछ ।
राम कृष्ण बुद्ध पनि आखिर मान्छे नै त थिए
मान्छेलाई ईश्वर बनाउने मान्छेकै चरित्र रहेछ ।

 

वि.सं.२०७७ साउन २४ शनिवार ०९:११ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...