back
CTIZAN AD

प्राधिकरण कर्मचारीलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न माग

वि.सं.२०७७ साउन २५ आइतवार

864 

shares

२५ साउन । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरी उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनिएन राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्ले संयुक्त रुपमा प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका छन् ।

विषम परिस्थितिमा पनि अत्यावश्यक सेवा प्रवाहमा अहोरात्र खट्ने कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिन लागेसँगै चिन्ता व्यक्त गर्दै उनीहरुले संक्रमण देखिएका स्थानहरुमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखी सम्पूर्ण कर्मचारीको स्वास्थ्य परीक्षण गर्न तथा संक्रमण पुष्टि भए उनीहरुलाई छुट्टै आइसोलेसन कक्षमा राखि उपचारको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको जटिल स्थितिका बीच कर्मचारीहरुको मनोबल बृद्धि गराउँदै निरन्तर सेवा प्रवाह गर्न लागि परिरहेको अवस्थामा पछिल्लो समय प्राधिकरणका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएकोमा थप गम्भिर बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनीहरुले कार्यालयहरुमा हुने भिडभाडलाई व्यवस्थित गरी सम्भावित जोखिमबाट बच्ने र बचाउने उपाय अपनाउन समेत प्राधिकरण प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

वि.सं.२०७७ साउन २५ आइतवार १४:३३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...