back
CTIZAN AD

कोरोनाबाट आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९५ पुग्यो, कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?

वि.सं.२०७७ साउन २९ बिहीवार

750 

shares

२९ साउन काठमाण्डौं । नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा धनुषा, महोत्तरी, अछाम र मोरङका १÷१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार आज मृत्यु भएको पृष्टि भएकामा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोग तथा मधुमेहको विरामी रहेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय युवकको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमामा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगका विरामी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङको विरानगर महानगरपालिका वडा नं ३ मका ५७ वर्षीय पुरुषको साउन साउन २८ गते कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुधमेह र उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।

हाल सम्म कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ मा २८ पुरुष र ११ महिला गरी २९ जना, दोश्रोमा बाग्मति प्रदेशमा १३ पुरुष ५ महिला गरी १८ जना, प्रदेश ५ मा ९ पुरुष ३ महिला गरी १२ जना, प्रदेश १ मा पुरुष ८ महिला, सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जना, गण्डकी प्रदेशमा ६ पुरुष र कर्णाली प्रदेशमा ४ पुरुष गरी हालसम्म ९५ जनाको मृत्यु भएको हो । जम्मा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् ।

नेपालमा आजपनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ९१ पुग्यो

वि.सं.२०७७ साउन २९ बिहीवार १७:३५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...