back
CTIZAN AD

नरेन्द्र मोदी भारतको चौथो सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री

वि.सं.२०७७ साउन ३० शुक्रवार

1K 

shares

३० साउन, नयाँ दिल्ली । जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता बनेका छन् । उनले उनकै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका छन् ।

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो ।

भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेका थिइन् ।

त्यस्तै काङ्ग्रेस नेता डा.मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व हुन् ।

मोरारजी देसाई (मार्च २४ १९७७–जुलाई २८, १९७९), चरण सिंह (जुलाई २८,१९७९– जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९–नोभेम्बर १०, १९९०), चन्द्रशेखर (नोभेम्बर १०,१९९०–जुन २१, १९९१), एचडी देवेगौडा जुन १, १९९६– अप्रिल–२१, १९९७) र इन्दर कुमार गुजराल –अप्रिल २१, १९९७– मार्च १९, १९९८) आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू छन् ।

नरेन्द्र मोदी भारतको ७४ औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका छन् । यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट) परिसरबाट सातौँ सम्वोधन गर्नेछन् । एएनआई

वि.सं.२०७७ साउन ३० शुक्रवार ०८:४० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...