back
CTIZAN AD

खोलामा डुबेर एकको मृत्यु

वि.सं.२०७७ साउन ३२ आइतवार

738 

shares

३२ साउन, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाए ।

कुटपिटका कारण सातमहिने शिशुको मृत्यु

रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

रुन्टिगढी–३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर घाइते भएको प्रहरीले जनाए । कुटाइबाट पीडित महिलाको टाउको र शरीरमा गम्भीर चोट लागेको बताइएको छ । घाइते महिलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमती कुटपिट गर्ने कुले विकलाई इलाका प्रहरी कार्यालय होलेरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाए । उक्त कसुरमा दोषी ठहर भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको प्रहरीले बताए ।

पुलबाट हाम फाल्दा एक जनाको मृत्यु

स्वर्गद्वारी– प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाए ।

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिए । उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ । रासस

वि.सं.२०७७ साउन ३२ आइतवार ०८:१२ मा प्रकाशित

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...