back
CTIZAN AD

कोरोना संक्रमणबाट निको भएर घर फर्किएका युवालाई छिमेकीको यस्तो दुर्वव्यवहार !

वि.सं.२०७७ साउन ३२ आइतवार

741 

shares

३२ साउन,इटहरी । कोरोना संक्रमणबाट निको भएर घर फर्किएका एक युवालाई छिमेकीले दुव्र्यवहार गरेका छन् ।

सुनसरीको इटहरी ५ का २७ वर्षीय युवा शुक्रबार धरानस्थित बीपी कोइराला अस्पतालबाट निको भएर घर जान लागेको भन्दै सामाजिक संजालमा खुसी व्यक्त गरेका थिए । तर, त्यो खुसी केही क्षणमा निराशामा परिणत भयो ।

निको भएर घर पुगेका उनलाई छरछिमेकले घरभित्र बस्न दिएनन् । उल्टै ‘हामीलाई रोग सरे को जिम्मेवार हुन्छ ?’ भन्दै छिमेकीले वहिष्कार नै गरे । घरमा तालाबन्दी गरिदिने सम्मको धम्की छिमेकीले दिएपछि उनी घरमा नबसी होटलमा बस्न बाध्य हुनु परेको सोमबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

उनले कहिलेसम्म होटलमा बसेर निरोगिताको पुष्टि गर्नुपर्ने हो ? उनलाई लखेट्ने समाजले त्यो भनिदिएन । ‘आज अरुलाई पर्ने समस्या भोली आफूलाई पर्छ भन्ने पनि कस्तो नबुझेको,’ उनले भने, ‘रोगभन्दा पनि समाजले मार्नेरहेछ ।’

कोरोना संक्रमणबाट निको भएको पुष्टि भएपछि एम्बुलेन्समा बसेर घर फर्किएका थिए । घर फर्किएपछि ठूलो बुबाको खाली रहेको घरमा बस्ने योजना रहेका उनलाई समाजले अपशब्द बोलेर गाली गरेपछि उनी होटलमा बास बस्न पुगेको दुखेसो गरेका छन् ।

छिमेकीको त्यस्तो व्यवहारपछि स्थानिय निकाय गुहारेका उनलाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको अग्रसरतामा स्थानीयसँग सहमति गरेपछि उनी घरभित्र बस्न पाएको पनि उनले बताएका छन् ।

वि.सं.२०७७ साउन ३२ आइतवार १०:३९ मा प्रकाशित

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...