back
CTIZAN AD

नेकपाले बोलायो सचिवालय बैठक, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७७ साउन ३२ आइतवार

699 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न नेकपाले बिहान ९ बजेदेखि सचिवालय बैठक बोलाएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

उनका अनुसार भोली बस्ने सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि बनाइएको कार्यदलबारे छलफल गर्नेछ । साथै बैठकले अवरूदृ स्थायी समिति बैठकबारे पनि छलफल गर्नेछ ।

केही सचिवालय सदस्यले कार्यदल गठनप्रति असन्तुष्टीसमेत पोखेका छन् । उनीहरुले स्थायी समिति वा सचिवालयबाट समाधान खोजिनुपर्ने विषय अगाडि सारेका छन् ।

शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदल गठन गरि विवादको निकास खोज्ने सहमती भएको थियो । सहमतीअनुसार पार्टीमहासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

गठित कार्यदलमा ओली पक्षीय समुहबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् भने प्रचण्ड पक्षका नेता जनार्दन शर्मा र पम्फा भुसाल छन् । त्यसैगरि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डेको पनि सहभागीता छ ।

कार्यदललाई ५ दिनभित्र पार्टी विवादको निकास दिनेगरि निर्देशन दिइएको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १४:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...