back
CTIZAN AD

कार्यदलको गठनबाटै सकारात्मक सन्देश गएको छ, भ्रामक प्रचार नगरौं : नेकपा प्रवक्ता श्रेष्ठ

वि.सं.२०७७ साउन ३२ आइतवार

810 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवाद समाधानका लागि गठित कार्यदलबारे भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् । कार्यदलको गठनबाटै सकारात्मक सन्देश गएको भन्दै उनले एकता विरोधी भ्रम नछर्न आग्रह गरेका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत बोल्दै उनले भनेका छन्, ‘‪हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिईसकेको छ, कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬ ‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।‬’

नेता श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा गरेको बताएका छन् । उनले सबै नेता कार्यकर्ता कार्यदलको गठनबाट खुसी बनेको बताए ।

नेता श्रेष्ठका अनुसार कार्यदलले सरकार सञ्चालन र पार्टी विवादका बारे समग्र विषयमा सुझाव दिनेछ । कार्यदलको सुझावलाई स्थायी समितिले छलफल गरि अनुमोदन गर्नेछ । ‘कार्यदलले तात्कालिन रुपमा कोभिड(१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततस् राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ’ श्रेष्ठले भने,‘‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।‬’

शुक्रबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यदल गठन गरि विवादको निकास खोज्ने सहमती भएको थियो । सहमतीअनुसार पार्टीमहासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

दुई अध्यक्षको सहमतीमा गठित कार्यदलप्रति प्रवक्ता श्रेष्ठले असन्तुष्टी जनाएका थिए । नेता श्रेष्ठसँगै पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले प्रश्न गरेका थिए ।

यस्तो छ नारायणकाजीको स्टाटस
‪हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬

‪मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ ।‬

‪ कार्यदलले तात्कालिन रुपमा कोभिड-१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत: राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक – आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ । ‬

‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।‬ ‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।‬

तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १५:०३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...