back
CTIZAN AD

खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवारले शब बुझ्न मानेनन्

वि.सं.२०७७ भदौ २ मंगलवार

756 

shares

२ भदौ, बैतडी । सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

सोमबार अपराह्न खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका–२ देहीमाडौँका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको दुई दिनसम्म पनि शव परिवारजनले बुझेका छैनन् ।

सडकमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवैको मृत्यु भएकाले आफन्तले क्षतिपूर्तिको माग गरेका हुन् । घरपरिवारले रु २० लाख क्षतिपूर्तिको माग गर्दै शव बुझ्न नमानेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए ।

देहीमाडौँ–गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका– २ सुन्दरखालीमा ह्युमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएकाले निर्माण व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् । क्षतिपूर्ति नदिँदासम्म आफूहरुले शव नउठाउने उनीहरुले अडान छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकका आफन्तले क्षतिपूर्ति माग गरेपछि आज निर्माण व्यवसायी र मृतकका आफन्तबीच छलफल हुने बताइएको छ । उक्त सडक प्रदेश सरकारको सहयोगमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले स्तरोन्नतिको काम गरिरहेको हो ।

ह्युमपाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षात्को पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपराह्न ४ः३० बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो । एकै गाउँका दुईको ज्यान गएपछि पूरै गाउँ शोकमग्न भएको छ । रासस

पाइप राख्न बनाईएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

वि.सं.२०७७ भदौ २ मंगलवार १५:३० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...