back
CTIZAN AD

सीडीओलाई थप अधिकार, आवश्यक परे निषेधाज्ञा जारी गर्न सक्ने

वि.सं.२०७७ भदौ २ मंगलवार

681 

shares

काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई थप अधिकार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यानमा राख्दै थप अधिकार दिने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एंव सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐन २०२८ ले दिएका अधिकारहरु प्रयोग गर्न पाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार प्रजिअले जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्रै पनि निषेधाज्ञा जारी गर्न सक्नेछ ।

खतिवडाका अनुसार निषेधाज्ञा जारी भएको अवस्थामा उल्लंघन गर्नेलाई सरकारले प्रमुख जिल्ला अधिकारीसहित विभिन्न मन्त्रालय र गृह प्रशासनलाई निर्देशन पनि दिएको छ । कोरोना रोकथाम र नियन्त्रणको बारेमा सरकारकाले जारी गरेका जुनसुकै नियम तथा कानून संक्रामक रोग ऐनकै अंग भएको मानेर कारबाहीको निर्देशन दिइएको खतिवडाले जानकारी दिए ।

वि.सं.२०७७ भदौ २ मंगलवार १७:३५ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...