back
CTIZAN AD

कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका भारतका गृहमन्त्री पुनः अस्पताल भर्ना

वि.सं.२०७७ भदौ २ मंगलवार

738 

shares

२ भदौ, नयाँ दिल्ली । भारत सरकारका संघीय गृहमन्त्री अमित शाहको स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका छन् ।
राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) मा उनीभर्ना भएको एम्स अस्पतालले मङ्गलबार पुष्टि गरेको छ । शाहलाई अस्पतालको कार्डियोथोरासिक र न्युरोसेन्स सेन्टर (सीएनसी) को भीआईपी वार्डमा भर्ना गरिएको छ ।

अस्पतालद्वारा दिइएको जानकारीमा भनिएको छ, “गृहमन्त्री अमित शाहले आफूलाई विगत तीन चार दिनदेखि थकान र शरीर दुखाइको अनुभव भएपछि अस्पताल भर्ना हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोे र अस्पतालबाट नै आफ्नो जिम्मेवारी बहन गरिरहनुभएको छ ।”

मन्त्री शाहलाई १४ अगस्टमा दिल्लीको गुरुग्रामस्थित मेदान्त अस्पतालबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि उनले एक ट्वीटर सन्देश लेख्दै उपचारमा सम्लग्न चिकित्सकलाई धन्यवाद दिएका थिए थियो । “मेरो कोभिड–१९ परीक्षण रिपोर्टले सङ्क्रमणमुक्त भएको पुष्टि गरेको छ । म भगवान्लाई धन्यवाद दिन्छु साथै मेरो राम्रो स्वास्थ्यको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । डाक्टरको सल्लाहमा म केही दिन घरमा नै एक्लै बस्नेछु ।

अगस्ट २ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गृहमन्त्री शाहले ट्विटरमार्फत् आफ्नो स्थिति घोषणा गर्दै पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि एक्लो रहन र परीक्षण गर्न आग्रह गरेका थिए । सिन्ह्वा

वि.सं.२०७७ भदौ २ मंगलवार २०:०६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...