यो हल्लाले काँशीराम पाध्याकी श्रीमती घरमा बस्न सकिनन्, भाउजुले गाउँ छाडिन। काँशीराम पाध्यको बिचल्ली भयो। प्रधान मेजर हरिबहादुर र उपप्रधान सुबेदार मन बहादुर गुरुंगले यो सबै फटाह- छुल्याहको हल्ला हो भन्ने जान्दाजान्दै पनि केहि गर्न नसक्ने निरही बनेका थिए। सबैको मुख थुन्न सकिदैनथ्यो। गाउँ सभा बोलाए मिथ्या हल्ला नगर्ने भनियो तर उनैका दाजुभाई, साँध छिमेकीले कानेखुसी गर्न छाडेनन्।
पर्वत जिल्लाको लुँखु गाउँमा बाटहारा भन्ने बस्ति छ। सित्ले, बालाकोट हुदै लुँखु देउराली बजार आउने मूल बाटोमै घर भएकोले बाटोको घर भन्दा भन्दै ‘बाटहारा’ भएको हो। यहि टोलमा काँशी राम पाध्यको घर थियो। उनको बिवाह त भएको थियो तर जायजन्म भएको थिएन । उमेर पैतीस चालिसका, उनको दाजु उमरमै खसेकाले घरमा बिधवी भाउज्यु पनि थिइन्, अधबैंसे । गाउँको स्वभाव कुनै केही नराम्रा पनि छन्, कसैले कानेखुसि गरे पनि सारा गाउँमा हल्ला मच्चिन्छ। बिचरा काँशीरामको दिनदशा बिग्रेको ‘बाटाहारे काँसे भाउज्यूसंग सल्केको छ।” सारा गाउँमा हल्ला फैलियो।
यो विक्रम संवत २०२०/२१ तिरको घटना हो । राजा महेन्द्रले नयाँ मुलुकी ऐन देशलाई दिई सकेका थिए। तर गाउँमा राणा कालिन नै कुरा हुन्थ्यो। त्यस वेला प्रधानपन्च मेजर हरिबहादुर मल्ल थिए। आर्मीका भए पनि शान्त स्वभावका, अनुशाशित, कहिलै उत्तेजनामा आएर निर्णय नगर्ने। घरमा घोडा टुट्दैनथ्यो, तर उनि सित्ले देखि सात्ले सम्मका दुई दर्जन गाउँटोल घरघर प्रत्येक साता नियमित हिडेरै पुग्थे। त्यति बेलानै पचपन्नसय जनसंख्या भएको लुॅंखु देउराली पंचायत भूगोल र आवादी दुबैले ठूलो थियो। । शरीर पातलो, फूर्तिलो, हिडेर नथाक्ने सबैको पीर मर्का आफ्नै आँखाले घरमा नै पुगेर हेर्ने मेजर सापको बानी थियो। उपप्रधान पन्च दुक्तान पँधेरामुनी सुबेदार मनबहदुर गुरुङ थिए । सुब्दारसाप पनि ज्यादै भलाद्मी सज्जन । तर उनको मोटो घाटो, स्थुल शरीरका कारण घरबाट पंचायत घर आउथे, यताउता त्यति गर्दनथे।
गाउँमा सबै किसिमका मानिस हुन्छन, काँचो खरमा आगो लगाउनेहरु पनि। कोहि भन्छन ‘कॉंशेलाई चारपाटा मुडेर गाउँ निकाला गर्नु पर्छू । कोहि भन्छन- ‘भात भान्सा खसाल्नु पर्छ ‘ कोहि भन्छन -“जेल पठाउनु पर्छ।’
यो हल्लाले काँशीराम पाध्याकी श्रीमती घरमा बस्न सकिनन्, भाउजुले गाउँ छाडिन। काँशीराम पाध्यको बिचल्ली भयो। प्रधान मेजर हरिबहादुर र उपप्रधान सुबेदार मन बहादुर गुरुंगले यो सबै फटाह- छुल्याहको हल्ला हो भन्ने जान्दाजान्दै पनि केहि गर्न नसक्ने निरही बनेका थिए। सबैको मुख थुन्न सकिदैनथ्यो। गाउँ सभा बोलाए मिथ्या हल्ला नगर्ने भनियो तर उनैका दाजुभाई, साँध छिमेकीले कानेखुसी गर्न छाडेनन्।
काँशीराम पाध्या मेजर सापको घरमै आएरआखा भरि आशु लिएर भन्थे- ‘मेजर बुवा म बौला हुन लाईसके, बातहरा बस्न नसक्ने भए। ‘उनी तोते बोली बोल्थे ।
‘ म के भनौ, मन बलियो बना, तँ जति भाग्छस उति खेद्छन, काँशीराम तेरा छिमेकि नै दुष्ट भए , तेरा छोरा छोरी छैनन् अलिअलि भएको सम्पत्ति तँ नमर्दै खाने जाल गरे। ‘ मेजरले सान्त्वना दिन खोज्थे।
मङ्सिरको महिना थियो। मेजरको घर वरिपरि बारीमा टम्म कोदोका बाला पाक्दै थिए, बाला गाढा रातो हुदै थिए । मेजर हरिबहादुर आफ्नो दैनिकी अनुससार भात खाने बेलामा गाउँ घुमेर घर आईपुग्छन । कोट ह्यांगरमा झुण्डाए, प्यान्ट पटाएर तखतामा राखे, जुता मिलाएर राखे। सबै चीज यथास्थानमा राख्ने उनको वानी थियो ।कपडा धोए पछि पेन्सन आउदै ल्याएको भुङ्ग्रो हाली तताउने आइरन (गाउँमा किन हो यसलाई ईस्त्री भन्थे) नलगाई कहिलै लगाएनन। पल्टनको बानि गएकै थिएन। नपुग्ने पनि थिएन, परिवार सानो थियो। जेठो छोरा पदम मल्ल भारतीय सेनामा र कान्छो गणेश मल्ल मलायाका लाहुरे थिए। कान्छोको बिवाह भएको थिएन । जेठाका शरण र राजेन्द्र बिक्रम दुई नाति जन्मिएका थिए। हिमालय,दिपेश र रूक्मिणीहरू जन्मी सकेका थिएनन । आफ्नो पेन्शन राम्रै थियो।अड्डाका मान्छे र आफ्ना ईष्टमित्र कहिलै टुट्दैन थे। अन्नपात बेसाउन पर्दैनथ्यो। लेकको धान आधाभन्दा वेशी त अड्डावाट आउने हाकिमका घोडाको दाना बन्थ्यो।त्यतिवेला सबै आउने हाकिम कर्माचारी उनैको पाहुना हुन्थे । व्यवस्था मिलाएकै थिए । मेजर्नीले पनि भन्थिन– “घरमा आउने पाहुनाले लक्ष्मी ल्याका हुन्छन” केही नभए गुन्द्रुककै झोलसंग खाना खुवाउथिन् ।
लुँखु गाउँको मुख्य आयश्रोत भनेको लाहुरेको तलब र पेन्सन थियो । अन्नपात खासै वाहिरबाट बेसाउनु भने पर्दैनथ्यो ।दोश्रो विश्वयुद्धमा नै यस गाउँका चारजना हवाल्दार दत्तु मल्ल (भेडिखोर), जमदार रण बहादुर मल्ल उचै (छापस्वाँर), हवल्दार गैडु मल्ल (खोपा), हवल्दार दलबहादुर मल्ल (माझघर) ले वीरगति प्राप्त गरेका थिए। भद्रु मल्ल (माझघर) को घाइते भै खुट्टै नदोब्रेनी भएको थियो। सुबेदार चंद्रु मल्ल, मेजर हरी बहादुर मल्ल, नायक भिम बहादुर मल्ल (माझघर्ं हवल्दार हिमु मल्ल(उपल्लो माझघर्) हवल्दार जस बहादुर मल्ल (कचेढुंगा)हरुलाई जपानीहरुले प्रथम विश्व युद्ध शुरु हुँदा साथ सन १९३८ मा युद्धबन्दी बनाइ टोकिओ पुर्याईएका थिए र युद्ध समाप्त भए पछी १९४५ मात्र रिहा गरिका थिए । त्यस वखत लुँखु गाउँको स्थिति अति भयावह कहालिलाग्दो थियो।
गाउँमा सानो तिनो बिरोध प्रतिरोध त भै रहन्थ्यो। मेजरका कारण काँशीरामलाई चारपाटे मुडेर गाउँ निकाला गर्न सकिएन भन्ने पनि गर्थे। गाउँका ठुला बडा मिलेर कॉंशेको पैसा खाए, चोख्याए, यसमा ठुलो हात मेजरको छ भन्न पनि पछि पर्दैनथे। यो कुरा मेजर्नीको कानमा पनि परेको थियो। मेजर सापको घरको आडैमा केहि परबाट बाँस खोपेर डोड बानाई ल्याईएको धारो झरीरहेको थियो।
तौलिया र साबुनको बट्टा लिएर मेजर धारा नेर पुगेका मात्र हुॅंदाहुन् , यो सबै गतिविधि एकटकले हेरी रहेकी मेजरनी लम्केर गएर मेजर सापको कोटको खल्तीमा हात घुसार्छिन। हात भरि पैसा निकाल्छिन। त्यसताका सम्म नोटको चलन थिएन सिक्कै चल्थ्यो। मुट्ठी भरि पैसा लिएर दौडदै मेजरको आडमा पुगेर बेस्सरी चिच्च्याईन – ए घुम्रे ! (मेजरका कपाल नजानिँदो घुम्रिएका थिए, जब पतिसंग रिस उठ्थ्यो यहि नामले कराउॅंथिन, पैंयाली राजाका सन्तान भवन्त प्रताप सेनकी छोरी अमाली कुल प्रताप सेनकी कान्छि वहिनी मेजर्नी रिस र दया मायामा बराबर संयोग थिइन्) कॉंशे बाहुनको घुस होइन योरु यो बिख मेरा सन्तानलाई पार्न दिन्न मेजरले मेजरनी चिच्याएको बुझ्न पनि सकेका हुदैनन्, के भन्दैछिन भनेररु मेजरनीले कसेर एकै झड्कामा घरअगाडिको कोदो बारीमा मिल्काई दिइन मुठी भरिको पैसा ।
मेजरले जब कुरा केहो बुझे ‘हैन यो आइमाई बौलाई छि क्याओ, वालाकोट वलवहादुर मुखियाले चलाएको एक विस पॉंच आजै फर्काएका थिए, बर्बाद पारि। जाओ त बाबु हो खोज त पाइन्छ कि ?’ मात्र भने। श्रीमतिसँग जस्तै रिस उठ्दा पनि चर्केर बोल्दैनथे बरु चुपै बस्थे। तर कोदो वारिमा पैसा खोजेर पाइने स्थिति थिएन। ईति
वि.सं.२०७७ भदौ ४ बिहीवार १०:४१ मा प्रकाशित






























