back
CTIZAN AD

उपत्यकामा निषेधाज्ञा हुँदा सेयरबजार नेप्से बढ्यो, कारोबार रकम भने करिब ४० करोड मात्रै

वि.सं.२०७७ भदौ ४ बिहीवार

957 

shares

४ भदौ, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकमा प्रशासनले निषेधाज्ञा लगाउँदा पनि सेयरको मूल्य बढेको छ । तर, कारोबार रकममा भने निकै ठूलो गिरावट देखिएको छ ।

अधिल्लो दिनको तुलनामा समग्रमा नेप्से ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा पुग्दा करोबार रकम चाहिं अघिल्लो दिनको तुलनामा झण्डै आधाभन्दा बढीले घटेर ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैंयाँ पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १.३ अंकले बढेर २८८.३६ बिन्दुमा पुगेको छ ।

आज सूचिकृतमध्ये १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ८ हजार ३२६ पटक लेनदेन भएको छ ।
आजको कारोबारमा होटल र संयुक्त लगानी कोष बाहेक सबै उपसूचक समूहको परिसूचक उकालो लागेको छ । करोबार भएकामध्ये जीवन बीमा उपसूचक समूहका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन ।

आज कारोबार भएका कम्पनीमध्ये करोबार रकमका आधारमा नेको ईन्स्योरेन्स कम्पनीको ३ करोड २ लाख १० हजार ८ सय ३९ रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ । उसको कारोबार मूल्य ६७७ रुपैंया रहेको थियो ।

त्यस्तै कारोबार संख्याको आधारमा नबिल बैंक लिमिटेडको ६० हजार ३०९ कित्ता सेयर किनबेच भयो । बजार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य २८१ रुपैंयाँ रहेको थियो ।

त्यस्तै साधना लघुबित्तको सेयर सबैभन्दा बढी पटक लेनदेन भएको छ । उसको सेयर ९५९ पटक लेनदेन भएको छ भने कारोबार बन्द हुँदा उसको प्रतिकित्ता सेयर मूल्य ८४५ रहेको थियो ।

संमृद्धि फाईनान्सका लगानीकर्ताले सबै भन्दा बढी अनुपात अर्थत १२ अंकले कमाएका छन भने जोशी हाईड्रो पावरका लगानी कर्ताले सबैभन्दा बढी अनुपात अर्थत ४ अंकले गूमाएका छन् । उनीहरुको अन्तिम कारोबार मूल्य क्रमशः १३३ रुपैयाँ र ५८ रुपैंयाँ रहेको छ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार १६:०३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...