back
CTIZAN AD

राष्ट्रिय फुटबल खेलाडी अभिषेक रिजाल भारतीय फुटबल क्लबमा आबद्ध

वि.सं.२०७७ भदौ ५ शुक्रवार

714 

shares

भदौँ ५, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् । रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिएका छन । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन् । उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ । आफुले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए । भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुरयाउन सक्दो मेहनत गर्ने उनले बताए। कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ । बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ । रिजाल बिहीबार भारतको कोलकातातर्फ लागेका छन ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०८:३६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...