back
CTIZAN AD

इन्स्याेरेन्स, लघुवित्त र हाइड्रोपावर क्षेत्रका ३ कम्पनीकाे आईपीओ खुला, कुनमा कति भर्न पाइने ?

वि.सं.२०७७ भदौ ५ शुक्रवार

816 

shares

काठमाडौं । रिलाइन्स लाइफ इन्स्याेरेन्स, समाज लघुवित्त लघुवित्त वित्तीय संस्था र हाइड्रोपावर क्षेत्रकाे लिवर्टी इनर्जी कम्पनी लि.प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला भएका छन् ।

तीनै कम्पनीले एक सय रुपैंया मूल्य बराबरको आईपीओ अंकित मूल्यमै बिक्रीका लागि खुला गरेका हुन् । आईपीओ खुला गर्नेमध्ये रिलाइन्स लाइफ इजाजतप्राप्त नयाँ जीवनबीमा कम्पनीमध्येकै पहिलो आईपीओ जारी गर्ने बीमा कम्पनीसमेत भएको छ ।

कुनमा कति भर्न पाइने ?

रिलाइन्स लाइफ इन्योरेन्स : जीवनबीमा क्षेत्रकाे कम्पनी रिलाइन्स लाइफ इन्योरेन्सले ६३ लाख कित्ता आईपीओ आजदेखि बिक्रीका लागि खुला गरेकाे छ । हाल १ अर्ब ४७ करोड रुपैंया पुँजी रहेको रिलायन्सले आफ्नो जारी पुँजीलाई २ अर्ब १० करोड रुपैंयाको चुक्ता पुँजी बराबर पुर्याउन सो बराबरको आईपीओ जारी गर्न लागेको हो ।

त्यसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लगानीकर्तालाई र अर्को ३ लाख १५ हजार कित्ता संस्थाका कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको हो । उक्त शेयरमा १० कित्ता देखि ६ हजार ३ सय कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यो शेयर भदौ ८ गतेसम्म खुला रहनेछ ।

समाज लघुवित्त वित्तीय संस्था : लघुवित्त क्षेत्रकाे समाज लघुवित्तको ८३ हजार कित्ता आईपीओका लागि बिहीबारदेखि नै आवेदन खुला गरेकाे छ । उक्त शेयरमध्ये ८० हजार ७ सय कित्ता शेयर सर्वसाधारणका लागि र बाँकी शेयरमध्ये ४ हजार ३ सय कित्ता सामुहिक लगानी कोष र १ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यो शेयरका लागि १० देखि ५ हजार कित्तासम्म आवेदन दिन पाइन्छ । आवेदन दिने समय भने भदौ ८ गतेसम्मको लागि तोकिएको छ ।

लिवर्टी इनर्जी कम्पनी लि. : हाइड्रोपावर क्षेत्रमा पर्ने लिवर्टि इनर्जीले बुधबारदेखि नै आईपीओ खुला गरेकाे छ । यसको अन्तिम आवेदन आइतबारसम्म दिन सकिन्छ । सो कम्पनीले ३७ लाख ५० हजार कित्ता शेयरका लागि अनुमति लिएकोमा स्थानीयबासीले सीमित मात्रै आवेदन गरेपछि अहिले ३५ लाख ६४ हजार ९३० कित्ताको लागि आवेदन खुला गरेको हो ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ११:५८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...