
तिमीले दिएकै केटासँग
बिबाह गरि गएँ आमा
तिम्रो इज्जत अनि प्रतिष्ठा
समाजमा राखिदिएँ आमा
आफन्तकै अनेकौं बुहार्तन सहें आमा
कति साँझ पकाउने सामान नहुँदा
भोकभोकै पेट कसेर रातभरि रोएँ आमा
तिम्रो काखको जस्तो सुखसयल त परको कुरा
खुलेर हाँस्न, रुन पनि बन्देज
लगाइएको थियोे बाबा
तिमीले दिएको संस्कार
सबैको वचन सहेंर बाबा
चाडपर्व,तिथि सराद अनि
आफनै जन्मदिनमा उपहार अमूल्य
पराइको हातको कुटाइ खाएँ आमा
तर पनि तिमीलाई पीडा
हुन्छ भनी कहिले सुनाइन आमा
तिम्रो मन सफा तर रिस कडा थियो बाबा
त्यही डरले सम्बन्ध बिगार्न चाहिन बाबा
छोरीको दुःखले तिम्रो मन
भक्कानिएला भनेर तिमीलाई
कहिले पीडा बताइन आमा
वि.सं.२०७७ भदौ ५ शुक्रवार ११:४६ मा प्रकाशित






























