back
CTIZAN AD

तीजका ब्रतालु महिला समेतले भने ‘कुलमानलाई नै काम गर्न देउ सरकार’

वि.सं.२०७७ भदौ ५ शुक्रवार

1.3K 

shares

५ भाद्र, काठमाडौँ । नेपालको सबैभन्दा धेरै कर्मचारी भएको र बढि जनउत्तरदायित्व बोकेको सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणमा रिक्त हुन लागेको कार्यकारी निर्देशक पद र त्यसका आकांक्षीहरुका बारेमा चर्चा हुन शुरु भएको छ । यस्तो चर्चा भैरहँदा उद्धमी, व्यवसायी, बौद्धिक, पेशागत, राजनैतिक र सामाजिक अभियन्ताले मात्र होइन तीजको ब्रत्र बस्ने ब्रतालु नारीहरुले समेत कुलमान घिसिङलाई नै काम गर्न दिनुपर्ने आवाज उठाएको देखिएको छ ।

विद्युत प्राधिकरणको वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुको आधिकारीक युनियनका अध्यक्ष रामेश्वर पौडेलसहित सरोकारवाला सार्वजनिक संस्था र निजी क्षेत्रका प्रतिनिधिले समेत खुलेरै उनको पुनर्नियुक्ति हुनुपर्नेमा जोड दिएका थिए । इपानका नवनिर्वाचित अध्यक्ष कृष्ण आचार्यले त कार्यक्रममै उनको पुनर्नियुक्तिमा बोलेका थिए ।

कुलमान व्यक्तिगत रुपमा हिरो हुन खोजेको, नेताहरुलाई समेत नटेरेको, शक्तिकेन्द्रको वास्ता समेत गर्न छाडेको, कर्मचारीलाई रिझाएर मनपरी गर्न खोजेको, संस्थाका श्वेतपत्र र व्यक्तिगत सम्पति विवरण सार्वजनिक नगरेको जस्ता टिप्पणीहरु यस बीचमा उठाइए पनि उनलाई पुर्ननियुक्ति गर्नैहुँदैन भन्नेहरु देखिएका छैनन् ।

पाइपलाइनमा रहेका काम गर्न भन्दै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकका लागि कुलमानलाइ थप कार्यकालका लागी दबाब बढेसंगै प्राधिकरणको नेतृत्व लिन चाहनेहरु धेरैको नाम चर्चामा ल्याइएको छ । कतिपयले हैन र प्रतिस्पर्धामा छैन भने पनि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी शुसिल ज्ञवाली, विद्युत विकास विभागका महानिर्देशक नविन सिंह र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले तथा भार संप्रेषणमा रहँदा नाम चलाएका शेरसिंह भाट लगायतको नामसमेत चर्चामा ल्याइएको छ ।

४३ अर्ब सम्म घाटा व्यहोरेको नेपाल विद्युत प्राधिकरणलाई ११ अर्ब नाफामा पु¥याउने काम कुलमानकै नेतृत्वमा भएको, आगामी वर्षसम्म थप उत्पादन हुने १३०० मेगावाट विजुली वितरणका लागि प्रसारण लाइनको परियोजनाहरु तीब्र बनाउँदै गरेको, २०७३ को लक्ष्मी पुजाका दिनदेखि उज्यालो नेपाल अभियान शुरु गरेको, विद्युत खपत बढाउने कार्ययोजना ल्याएको, २६ प्रतिशत चुहावटलाई १५ प्रतिशतमा झारेको, चोरी नियन्त्रण तथा खर्च कटौती गर्दै व्यवसायिकताको पहलबाट नाफाको इतिहास रचेको कारण बताउँदै उनको पुर्ननियुक्तिका लागि आवाज बढेका छन् ।

विद्युत प्राधिकरणको आगामी चुनौती धेरै रहेको, लथालिङ्ग तारलाई जमिन मुनीबाट व्यवस्थित गर्ने परियोजना भर्खर शुरु भएको, नाफालाई दीर्घकालिन रुपले व्यवस्थित बनाउने प्रयास भर्खरै मात्र भएको, प्रणालीको ’डिजीटाइज्ड’ गर्न बाँकी रहेको, प्रसारण लाइनका आयोजना तत्काल सम्पन्न गर्नपर्ने भएको जस्ता विभिन्न तथ्यलाई समेत देखाउँदै कुलमानको निरन्तरतामा जोड दिइएको छ ।

संसारन्यूजसँगको प्रतिक्रियामा कृषि तथा खाध्य उद्यमी राज रिजालले भने ‘विद्युत प्राधिकरणले गर्नुपर्ने काम र चुस्त सेवाका लागि पनि कुलमानलाई नै मौका दिनुपर्छ ।’ उनको जस्तै धारण राख्नेमा अन्तर्राष्ट्रिय स्वयमसेवक संघका अध्यक्ष अक्लबहादुर तामाङ, किर्तिपुरकी सामाजिक अभियन्ता वर्षा श्रेष्ठ, अष्ट ज अभियन्ता गोमा ढकाल, समृद्ध नेपालको मार्गचित्रका लेखक जगन्नाथ काफ्ले, राजनैतिक तथा सामाजिक अभियन्ता रमा गिरी, त्रिविविका विद्यार्थी राहुल केसी, बुटबलका सामाजिक अभियन्ता कृष्ण प्रधान लगायतले कुलामानलाई निःशर्त जिम्मेवारी दिन आग्रह गरेका छन् ।

उहाँ नै चाहिन्छ

दिलशोभा न्यौपाने
कुलमान घिसिङ जस्ता व्यक्ति नेपालमा २० जना भएको भए आज यो देशले मुहार फेर्ने थियो । दुर्दशा व्यहोर्नु पर्ने थिएन । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको अबको कार्यकाल त दिनुपर्छ नै । यतिबेला सम्म उहाँले राम्रो गर्नु भयो भने देशले उहाँलाई अरु थप मौका दिनुपर्दछ । आफ्नो देश र कर्मप्रति धोका दिनेले कुलमानबाट सिक्नुपर्छ । उहाँलाई हटाइयो भने जनताले सडकबाट पनि प्रतिरोध गर्ने देखेकी छु ।

उहाँलाई जनार्दन शर्माले ल्याएको होइन र ?

रामशरण सापकोटा
कुलमानजीले काम राम्रै गर्नु भएको हो, त्यसमा दुईमत छैन । कुलमानजीले लेखा समिति र अख्तियारको छानविन बारे श्वेतपत्र निकाल्नु पर्दछ । आफ्नो व्यक्तिगत सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्दछ । कमजोरी छन भने आत्मालोचना समेत गर्नुपर्दछ । त्यत्तिबेलाका प्रतिस्पर्धामा उहाँलाई योग्य ठानेर ल्याउने व्यक्ति को हो, त्यसका बारेमा उहाँ प्रष्ट हुुनुपर्दछ । उहाँ पनि काम गर्ने मान्छे हो, तर उहाँलाई काम गराउने व्यक्ति जनार्दन शर्मा नै हो नी !

अबको ४ बर्ष उनलाइ नै दिइनु पर्दछ


गुणराज गौतम, उपमहासचिव, अभिभावक संघ, नेपाल
कुलमान नेपाल आमाको सच्चा सपुत छोरा, इमान्दार र कुशल प्रशासन मात्र होइनन् उनी विद्युतविज्ञ पनि हुन् । विद्युत विकासबाट देशको समृद्धिका लागि अबको ४ वर्ष उनलाई नै दिइनुपर्दछ भन्ने जनताका मागमा मेरो पनि समर्थन छ ।

कुलमान नेपाली कुलकै दीपक हो

एन्जेला कुँवर, राजनैतिक तथा सामाजिक अभियन्ता
कुलमान नेपाली कुलकै दीपक हो । त्यसकारण सम्पूर्ण नेपालीहरुले कुलमानलाई कार्यकारी निर्देशक भएर बाँकी काम सम्पन्न गराएको हेर्न चाहन्छन् । सरकारले जनताको पनि राय हेर्नुपर्दछ ।

कुलमानलाई नै ल्याउनु पर्छ

पुनम लामिछाने, व्युटिसियन तथा प्रशिक्षक
आज हामी धेरै नारी ब्रतमा बसेका छौ । सोध्नुभयो भने सबैले कुलमान चाहिन्छ भन्छन । हामीले पहिला धेरै दुःख पायौँ । दिनभरी र रातभरी लोडसेडिङले घर पनि व्यवसाय पनि चौपट ब्यहोयौ । खर्च उस्तै । कुलमान आएपछि राम्रो भयो, अझै काम गर्न बाकी भएकाले पनि उनलाई नै ल्याइनुपर्छ ।

अबको कार्यकाल पनि उनैलाई दिनुपर्छ

वर्षा कार्की, कानुनकी विद्यार्थी
कुलमानले राम्रो काम गरेको र अझै गर्ने स्थिति रहेकोले उनलाई नै अबको कार्यकाल पनि दिनुपर्दछ । उनले अगाडि बढाएका काम र गतिलाई अवरुद्ध हुन नदिन उनको विकल्प छैन । सरकारले राम्रोसँग सोचविचार पु¥याएन भने ठूलो क्षति हुन्छ ।

सरकार गंभिर बनोस

शुष्मा राइ, राजनैतिक तथा सामाजिक अभियन्ता
नेपाली जनताले लामो समयदेखि बेहोर्नुपरेको लोडसेडिङको समस्या कुलमान घिसिङको नेतृत्वमा विधुत प्राधिकरणले अन्त्य गरेकोमा कसैको दुई मत छैन । वास्तवमा कुलमान घिसिङ नै उज्यालो नेपालका प्रणेता हुन । उनले अत्याधिक मात्रामा भइरहेको विद्युतको चुहावटलाइ निर्मुल पारेर यस क्षेत्रमा विकासको कोसेढुंगा नै स्थापित गराए । म उनको यस्तो कार्यको मुक्तकण्ठले प्रशंसा गर्न चाहान्छु । तर जहाँसम्म अब सरकारले कार्यकाल सकिएको भनेर उहाँलाई जिम्मेवारीबाट अलग गर्दैछ भन्ने कुरा छ, यसमा त सरकारले गंभिर भएर सोच्नैपर्छ । घिसिङ मात्रै होइन, चाहे जोसुकै क्षमतावान र योग्य मानिस होउन, मुलुकको विकासमा उनिहरुको उल्लेखनीय भूमिका हुन्छ र त्यो कुरा व्यवहारबाट प्रमाणित पनि भइसकेको छ भने त्यस्ता व्यक्तिलाई हटाउनु राम्रो हुँदैन । समृद्धिको सपना र लक्ष्य लिएको वर्तमान सरकारले त झन घिसिङ जस्ता योग्य व्यक्तिहरुलाई खोजी खोजी जिम्मेवारी दिनुपर्ने हो ।

अब हरेक ठाँउमा आउने ब्यक्ति कुलमान हुनुपर्दछ

 

शान्ता नराल

कुलमान घिसिंङनै हुनु पर्छ भन्नेमा म पनि सहमत छु । यध्यपी कुलमान अर्को दुई या पाँच वर्ष नियुक्ती हुँदैमा सवै समस्या हल हुन सक्दैन । किनकी कुलमान अहिले ब्यक्तिमात्र होइन सकरात्मक प्रबृति पनि बनेको छ । अब हरेक ठाँउमा आउने ब्यक्ति कुलमान जस्तै इमान्दार छवि भएको हुनु पर्छ, जसले टिमलाई इमान्दारितापुर्वक सञ्चालन गर्न सकोस ।

भ्रष्टाचारीले रोक्न खोजेका छन

नारायण प्रसाद पौडेल, क्याम्पस प्रमुख, कैलाशकुट बहुमुखी क्याम्पस, चाबहिल
भ्रष्टाचारीले रोक्न खोजेका छन तर पनि उहाँलाई नै निरन्तरता दिनुपर्छ ।
कुलमान आफैमा देवता होइनन् तर काम गर्ने मानिस भने हुन । कुलमान जस्तै इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिहरु आए त उहाँ नै भन्नुपर्ने पनि होइन तर यतिबेला सम्म उनको टिमले इमान्दारीतापूर्वक गरेको देखिइरहेकोले उनलाई पुर्ननियुक्ति गर्दा हुन्छ भन्ने मलाई लागेको छ ।

सरकारी संस्थानहरुमा धेरै कुलमान चाहिएको छ

बैंकर, सागर घिमिरे
व्यवसायिक क्षमता भएकाले नेतृत्व पाउँदा सरकारी संस्था पनि सफल हुन सक्दो रहेछ र राज्यले लाभ लिन सक्दोरहेछ भन्ने प्रमाण पनि हुन् कुलमान । त्यस्तै व्यक्तिलाई अन्य संस्थामा पनि नेतृत्व दिन सके सार्वजनिक संस्थाहरु अवश्य सफल हुन्छन् । उनको काम बाँकी भएकाले पनि उनैलाई दिन राम्रो हुन्छ, यो पटक ।

लौ हेर्नुस त, कुलमानले गरेका केहि कामहरु

बलराम अधिकारी, जलबिध्युतबिज्ञ
नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ्ग नेतृत्वमा आएपछि उहाँको समुहले गर्दा माफिया र नेताहरुले लुटन पाएको छैनन । दैनिक १४ घन्टाको अन्धकारमय लोड सेडिङ्गबाट उज्यालो तिर लाने अनि लोड सेडिङ्गलाइ शुन्यमा झार्ने काम उनैबाट भयो । आव २०६७/ ६८ सम्मको सञ्चित घाटा करिब ‘२७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको संस्थालाई ४ वर्षभित्र वार्षिक १० अर्ब रुपैयाँ सर्वाधिक नाफा कमाउने सफल संस्थाका रूपमा उभ्याएका छन । चार वर्षअघि २५ प्रतिशतभन्दा बढी रहेको विद्युत चुहावटलाई करिब ११ प्रतिशतले नियन्त्रण गर्दै १५ दशमलव २७ प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट प्राधिकरणले वित्तीय रूपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ सम्ममा प्रसारणलाइनको लम्बाइ ४ हजार २ सय २५ सर्किट किलोमिटर पुयाएको छ । ग्रिड सबस्टेसनको क्षमता बढाएर ४ हजार १ सय ६१ एमभिए पुयाएको छ । नेपाल भारतबीच विद्युत प्रवाह हुनसक्ने अन्तर्देशीय प्रसारण संरचनाको क्षमता १५ सय मेगावाट पुगेको छ । बुटवल–गोरखपुर मैनहिया–सम्पत्तिया, इनरुवा–पुर्णिया लम्की–बरेली, कोहलपुर–उत्तरप्रदेश निमार्णको विभिन्न चरणमा पुगेका छन भने नेपाल र चीनबीच पनि रातोमाटे–रसुवागडी–केरुङ ४ सय केभी प्रसारणलाइन निमार्णका लागि प्राधिकरण र स्टेट ग्रिड चाइनाबीच सम्झौता भएको छ । विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन बनाउने, विद्युतीय चुलोको प्रयोग बढाउने, विद्युतीय तार भूमिगत गर्ने कार्य सुरु, स्मार्ट थ्री फेज मिटर जडान र घरायसी ग्राहाकका लागि स्मार्ट मिटर जडान सुरु काम अघि बढाएको छ । यसरी काम गरेर देखाउने कुलमान घिसिङ्गसंग नेताहरु आफै इश्र्या गर्न थालको छन । तैपनि अब आउने केही समयका लागि कुलमान घिसिङ्गलाइ नै कार्यकारी निर्देशकको रुपमा नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिनु देश र जनताको लागि उचित उपयुुक्त हुन्छ ।

अर्को योग्य ब्यक्तिको टेस्ट कस्ले गर्ने   ?


दीपक महत, वरीष्ठ पर्यटन ब्यबशायी
एउटा ब्यक्ति मात्र सहि र योग्य हुनसक्छ भनेर किटान गर्न गार्हो छ । कुलमान घिसिङ्ग बाहेक अर्को कोहि त्यस्तै योग्य हुन पनि सक्छन । कुलमान घिसिङको बहिर्गमन हुने बेला आएको हो र वहा जस्तै योग्य ब्यक्तिको नियुक्ति हुनसक्ने स्थिति छ भने कुलमान नै बसिराख्न पर्छ भन्न त मिल्दैन । तर यहा कुलमान घिसिङ जस्ता योग्य मान्छेको पहिचान र टेस्ट कस्ले गर्ने । यस्तो हुन नसकिराखेको अवस्थामा योग्यता प्रदर्शन गरेर घाटामा गएको बिध्युत प्राधिकरणलाई घाटा पुर्ति गरेर पनि उल्लेखनिय रुपमा नाफामा पुर्याइसकेका टेस्टेड ब्यक्तिलाई अर्को एक कार्यकाल राष्ट्रको लागि सेवा दिन आग्रह गर्नुनै अहिलेको आबस्यकता हो जस्तो लाग्छ ।

पदावधि नथपे सरकार नांगीनेछ

देवेन्द्र प्रताप शाह, बैकर

कुलमान घमण्डी छन, कुलमानको नेकपा भित्रको पुर्व एमाले गुटसँग राम्रो छैन कुलमानको मन्त्रीसँग राम्रो छैन ।, कुलमानको पूर्वमन्त्रीसँग राम्रो छैन । कुलमानका अन्य दुई बलिया प्रतिष्पर्र्धी छन आदी प्रचार भएका छन ।

काम गर्ने मान्छेमा स्वाभिमान देखिनु सामान्य हो, त्यसलाई घमण्डै भन्न अलि नहुने हो कि ? अर्को, कुनै मन्त्री वा कुनै राजनीतिक दलसँग एक उच्च कर्मचारीको राम्रो सम्बन्ध नहुने स्थिति किन र कसरी आउँछ ? यसको जानकारी लिन अहिलेको समयमा लामो र गहिरो बिश्लेषण गरिरहन आबश्यक छैन । वास्तविकताा जगजाहेर नै छ । देशमा लोडसेडिङ भइराख्नु र लोडसेडिङ हुँदै नहुनुले नेपाली जनताको दैनिक जीवन यापनमा कति फरक ल्याउँछ, यो कसैले कसैलाई ब्याख्या गरिरहन जरुरी छैन ।

ब्यक्तिगत रुपमा मैले कुलमानजीलाई नचिनेको भने हुने स्थिति छ । एक पटक एउटा समारोहमा भेट भएको थियो । कुलमानजीलाई भर्खर भर्खर लोडसेडिङ हटाएको श्रेय प्राप्त भएको बेला थियो । यस्ता व्यक्तित्वको लागि नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत के हो र ? दुई तीन पटक बोली मिसाउन खोज्दा पनि उहाँले हँसिलो अनुहारसम्म लगाउनु भएन । यसरी वास्तवमा मलाई हैन, हाम्रो परिचय गराइदिने ब्यक्तिलाई उहाँले असजिलोमा पारिदिनु भएको घटना मेरो लागि ताजै छ । तर पनि उहाँ नेपालमा लोडसेडिङ अन्त्य गर्ने ब्यक्तित्व भएकोले म उहाँको पदाबधि थपिएको हेर्न चाहन्छु । कुनै कारणवस उहाँको पदावधि थपिएन भने मेरो विचारमा सरकार र राजनीतिक ब्यक्तित्वहरु नांगिने छन ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:५९ मा प्रकाशित

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...