back
CTIZAN AD

रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले गरेको निर्णय उल्टियो, स्थगित उद्धार उडान फेरि शुरु गरिने

वि.सं.२०७७ भदौ ५ शुक्रवार

750 

shares

काठमाडौं। सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको हो ।

यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दा अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध गरिएका थिए । मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने निर्णय गरेको हो ।

उद्धार उडान कहिलेबाट सुचालु गर्ने भन्ने निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय सरकारले गरेको छ । स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने छ भने काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारले हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याएको छ । नाम उद्धार उडान भने पनि पैसा भने आउने व्यक्ति आफैले तिरेका छन् ।

यसअघि पर्याप्त क्वारेन्टिन तथा आइसोलेसन व्यवस्था नभएको भन्दै उद्धार उडान स्थगित गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजकत्वको सीसीएमसीले दिएको थियोे । भदौ १ देखि उडान गर्ने पहिले निर्णय भएबमोजिम एयरलाइन्सहरुले उडान तालिका बनाइसकेका थिए । तर बीचमा आएर सिसिएमसीले रोक्न निर्देशन दिएको थियो ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:४५ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...