back
CTIZAN AD

बुबाको मुख हेर्ने दिनको अवसरमा खुसी आदानप्रदान

वि.सं.२०७७ भदौ ५ शुक्रवार

795 

shares

५ भदौ काठमाडौं । नेपाल स्थित ईजरायली दुतावासले ईजरायली परिकारको विविधता सम्बन्धी अनलाईन कन्फरेन्सको सुरुवात गरेको छ । ईजरायलका प्रख्यात टेलिभिजन प्रस्तोता एवं सेफ गीलहोभावको सञ्चालनमा यहि भाद्र ३ गते काठमाडौं मेरियट होटलका सेफहरुसँग ईजरायली पकवानको इतिहास तथा संस्कृतिबारे भिडियो कन्फरेन्स मार्फत् सिकाई आदान प्रदान गरिएको थियो । कार्यक्रममा काठमाडौं मेरियट होटलका तर्फबाट प्रमुख सेफ सञ्जीव रञ्जन, एमएस ग्रूपका निर्देशक गौरव अग्रवाल, सुवर्ण थापा, स्वस्तिका घोसालको उपस्थिति थियो ।

कार्यक्रम मार्फत् मेरियट होटलका सेफहरुले ईजरायली सेफको सिकाई अनुसार विभिन्न ईजरायली परिकारहरु तयार परेका थिए । त्यसरी तयार गरिएको खानेकुराहरु कुशेऔंशी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर भक्तपुर स्थित मानव कल्याण समाजमा आश्रीत ७३ जना मानिसहरुलाई खुवाईएको थियो । कोरोना भाईरको माहामारीको अवस्थामा पनि सावधानी पुर्वक पकाईएको ईजरायली परिकारहरु आश्रमका अविभावक एवं बालबालिकाहरुले निकै रुचाएका थिए । यसका अलवा दुतावासको तर्फबाट आश्रमलाई मास्क, पञ्जा, स्यानिटाईजर, साबुन, स्यानिटाईजर स्ट्यान्ड लगायतका सुरक्षा सामग्रीहरु समेत वितरण गरिएको थियो ।

सो अबसरमा इजरायली राजदुत बेनीओमरले यस किसिमको सिकाई आदानप्रदान कार्यक्रमले दुई देश बीच खानपानको संस्कृती बुभ्mन र दुई भिन्न समाजलाई नजीक ल्याउन मद्दत पु¥याउन सक्ने विश्वास व्यक्त गरे ।

उनले खानाको माध्याद्वारा विभिन्न देशमा रहेका मानिसहरु र त्यहाको संस्कृतिलाई एक आपसमा जोड्न सकिने, भाइचारा बाड्न सकिने र आश्यकता परेको बेला सहनशीलताको अभिवृद्धि हुने विचार ब्यक्त गरे ।

सो कार्यक्रममा होटल मेरियटका सेफ रञ्जनले खाना पनि सञ्चारको सुक्ष्म माध्यम भएकाले ईजरायली परिकार सिक्न पाउनु उपलब्धि भएको र यसले नेपाल–ईजरायल खानपानको सम्बन्धमा नयाँ आयाम थप्ने बिश्वास ब्यक्त गरे ।

मानव सेवाआश्रमकी सञ्चालिका एवं अध्यक्ष सुमित्रा चौलागाईले ईजरायली दुतावासलाई धन्यवाद दिदै बुवाको मुख हेर्ने दिन परेर सस्थालाई गरेको सहयोगप्रति आभार व्यक्त गरिन् ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १५:३४ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...