back
CTIZAN AD

ज्याक क्राँलीको दोहोरो सतक र जस बटलरको सतकमा इंल्याण्ड बलियो स्थानमा

वि.सं.२०७७ भदौ ७ आइतवार

783 

shares

७ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको तेस्रो तथा अन्तिम टेस्टमा इंल्याण्ड बलियो स्थानमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले आफ्नो पहिलो इंनिङ्गमा ८ विकेट गुमाएर ५३८ रन बनाएको छ ।

इंल्याण्डका लागि ज्याक क्राँलीले आफ्नो टेस्ट क्रिकेट करियरको सर्वाधिक रन बनाएका छन । ज्याक क्राँली ३३९ बल खेल्दैँ २६७ रन बनाएर आउट भएका थिए । उनी टेस्ट क्रिकेटमा सबै भन्दा सानो उमेरमा दोहोरो सतक बनाउने खेलाडी समेत बनेका छन ।

त्यसैगरि इंल्याण्डका विकेट किपर जस बटलरले पनि यस श्रृखलाको दोस्रो सतक बनाएका छन । उनी ३११ बल खेल्दैँ १५२ रन बनाएर आउट भएका थिए । पाकिस्तानका लागि शाहिन शाख अफरीदी ले सर्वाधिक २ विकेट लिएका छन ।

दोस्रो दिनको खेल सकिने बेलासम्म पाकिस्तानले १०.५ ओभरमा २४ रन बनाएर ३ विकेट गुमाएको छ । पाकिस्तानको ३ नै विकेट इंल्याण्डका फास्ट बलर जेम्स एन्डरसनले लिएका छन । पाकिस्तान पहिलो इंनिङ्गमा अहिले पनि ५५९ रनले पछि रहेको छ ।

तेस्रो दिनको खेल आज दिउँसो ३:४५ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ११:२५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...