back
CTIZAN AD

औपचारिकता निभाउँदा संक्रमण बढेको छ, नो भन्न सिकौं

वि.सं.२०७७ भदौ ७ आइतवार

645 

shares

औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन ।

चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान्  ? के सोंचलान् ? पीर मान्ने हुन् कि ? भनेर हामी आफ्नो इच्छाविपरित चाडपर्व मनाउने गरेका छौं । यो सोंच महामारीको समयमा आत्मघाती सोंच हो ।  तीजको दर खान बोलाएका ब्यक्ति नै संक्रमित रहेको हामीले संचारमाध्यमार्फत सुनेका छौं ।

आफन्त वा चिनजान भएका व्यक्तिको मृत्यु भयो भने मलामी नगए के सोंच्लान ? भनेर मुख देखाउन भएपनि जाने औपचारिकताको कारण वीरगंज, बुटवल लगायतका धेरै ठाउँमा मलामीहरू संक्रमित भएका समाचार हामीले सुनेका छौं ।

आफन्तलाई लामो समय भेट नगर्दा किन आएन भन्छन् भनेर भेट्न जाँदा संक्रमण आदानप्रदान भएका धेरै घटना छन् ।

पहिले जमघट गर्ने, सरसहयोग गर्ने तथा आउजाउ गर्ने आफन्त तथा साथीहरुलाई यसो भेट्न पर्यो भनेर जाँदा संक्रमण सरेका घटना हाम्रो समाजमा धेरै छन्।

आफन्त वा छिमेकी बिरामी भएको बेला घरमा वा अस्पतालमा भेट्न नगए के सोंच्लान ? भनेर बिरामीको घर वा भर्ना भएको अस्पताल गएपछि संक्रमित हुने सम्भावना बढी हुन्छ ।

हाम्रा बिभिन्न संस्कारमा पटकपटक भेट गर्नुपर्ने प्रचलन छन् । ती प्रचलनमा सहभागी नभए के भन्लान् भनेर भेट्न जाँदा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ ।

टोलमा हुने बैठक तथा भेलामा यस्सो मुख देखाएर आउंछु भन्दा संक्रमण सारासार भएका घटना हाम्रो समाजमा भइरहेका छन् ।

बैठक, छलफल आदिमा मास्क लगाएर बस्ने तर मास्क खोलेर चिया, पानी तथा खाजा खाने प्रचलन जोखिमपूर्ण हुन्छ । त्यसैले बैठकमा चिया, खाजा तथा पानी खाने गल्ती गर्नुहुँदैन ।

सँगै फोटो खिच्दा मास्क खोल्ने, दुरी कायम नगर्ने तथा प्रत्येक जनाको मोबाइलबाट फोटो खिच्ने साइकल पुरा गर्दा संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । यस्तो गतिबिधि महामारीको समयमा नगरौं ।

मिडियाले अन्तर्वार्ताको लागि स्टुडियोमा बोलाउँदा मन नलागि नलागि जाने तथा भेन्टिलेसन नभएको स्टुडियोमा लामो समय मास्क खोलेर तथा नजिकै बसेर चिच्याइ चिच्याइ बोल्दा संक्रमण हुने सम्भावना धेरै हुन्छ । प्रविधिको प्रयोग सबैभन्दा सुरक्षित उपाय हो ।

जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् । यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन । तर हामीले अनिबार्य ठान्छौं । यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं ।

जन्म, न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, मृत्यु आदि नियमित प्रक्रिया हुन् । यो प्रक्रियामा हाम्रो उपस्थिति अनिबार्य हुँदैन । तर हामीले अनिबार्य ठान्छौं । यो भ्रमबाट महामारीको समयमा मुक्त भएर टेलिफोन तथा इन्टरनेटको प्रयोग गर्दा दुवै पक्ष सुरक्षित हुन्छौं ।

जग पुजा, घरपुजालगायतका औपचारिकतामा हामी भौतिक रुपमा उपस्थित हुन जरुरी छैन ।

हामी नेपालीमा ‘ हुँदैन ‘  ‘ नो ‘, ‘ आउन सक्दिन ‘ आदि स्पष्ट रुपमा भन्ने चलन छैन । ‘ हेरौंला ’ ‘सकभर कोसिस गर्छु’ , ‘ केहि इमर्जेन्सी नपरे आउंछु’ जस्ता दोधारे उत्तर दिएर हामीले आफैलाई अप्ठ्यारोमा पार्ने काम गर्छौं । जे हो त्यहि भन्ने हो भने अर्को पक्षको पनि अपेक्षा हुँदैन, आफुलाई पनि दवाव खेप्नु पर्दैन ।

यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने तथा टेलिफोन र इन्टरनेटको माध्यमबाट सुखदुख, आशिर्बाद, शुभकामना, बधाई, स्वास्थ्य लाभ, दुख प्रकट आदि गरौँ ।  को संक्रमित छ, को छैन भन्ने कुरा निधारमा लेखिएको हुँदैन । तसर्थ महामारीको अवधि आफ्नो मनको राजा बनौं, कसैले कसैलाई बाध्य नपारौं तथा औपचारिकता निभाउने काम नगरौं । एक अर्कालाई सहयोग गरौँ तर सकभर भेटघाट नगरौं !

वि.सं.२०७७ भदौ ७ आइतवार ११:१३ मा प्रकाशित

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...