back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १६६ सहित ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१,९३५ पुग्यो

वि.सं.२०७७ भदौ ७ आइतवार

708 

shares

७ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६६ जनासहित देशैभरी ८१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ का झापामा १०, मोरङमा ५० र सुनसरीमा ९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ६०, पर्सामा १३९, बारामा ३९, महोत्तरीमा ३४, रौतहटमा ९, सप्तरीमा ४, सर्लाहीमा ९१ र सिराहामा १४ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १२६, काभ्रेमा २७, दोलखामा ६, धादिङमा १, भक्तपुरमा २८, मकवानपुर, सिन्धुली र रसुवामा १÷१ जना, रामेछापमा २ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५,गोर्खामा २, नवलपरासीपूर्वमा ६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १२, कपिलवस्तुमा ११, नवलपरसीमा ३०, पाल्पामा २, प्युठानमा २, बर्दियामा २, बाँकेमा ११, रुकुम पूर्वमा १, रुपन्देहीमा २८ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २ र रुकुमपश्चिममा ६ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा ३ र बैतडीमा ४ जना संक्रमित थपिएसँगै आज देशैभरी ८१८ जना संक्रमित थपिएका छन् । उनीहरुमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।  आज थपिएका ८१८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ ह्जार नाघ्यो

वि.सं.२०७७ भदौ ७ आइतवार १६:३६ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...