back
CTIZAN AD

अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहको घातक आक्रमण, चार प्रहरीको मृत्यु

वि.सं.२०७७ भदौ ८ सोमवार

774 

shares

८ भदौ । दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ ।

पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ ।

अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको छ । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ ।

उक्त सम्झौतामा तालिबान समूहले आफगानिस्तानमा जारी हिंसात्मक कारबाहीलाई न्यून गर्ने, अफगान सरकारसँग शान्ति वार्ता गर्ने, अफगान कारागारमा बन्दी तालिबान लडाकूलाई मुक्त गर्ने, युद्धविराम गर्ने लगायतका विषय समेटिएका छन् ।

वि.सं.२०७७ भदौ ८ सोमवार ०८:०८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...