मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । परिस्थितिबले चुनौती निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा समेत कमाउने बेला छ ।
वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साँझतिर साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन् । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउने समय छ । आजको कामले दिगो फाइदा हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अध्ययनमा राम्रो प्रगति गर्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । साँझतिर द्वेष तथा ईर्ष्या गर्नेहरूले व्यर्थैमा दुःख दिनेछन् ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । दिगो योजनाका साथ अघि बढ्दा राम्रै लाभ मिल्नेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । नयाँ काममा हात हाल्न केही समय लाग्नेछ । पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइसँग अलि सन्तुलित व्यवहार गर्नुहोला । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । मिहिनेतले नियमित काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ। साँझतिर प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन् । विशेष योजना गोप्य राख्नुहोला । केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन सक्छ ।
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि जुट्नुपरे पनि साँझतिर विशेष फाइदा उठाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट लाभ हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । साँझदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटले मनमा आनन्द प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । परिस्थितिवश फजुल खर्च बढ्नेछ। लगानीको रकम रोकिनेछ । तापनि मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आयस्रोत बढ्नेछन् । स्रोत–साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रको नेतृत्व लिने बेला छ । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी पनि प्राप्त हुनेछ । साँझतिर विवादास्पद काममा अलमलिनुपर्ला ।
वि.सं. २०७७ भदौ ११ बिहीवार (इ.स. २०२० अगस्ट २७)
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:३१ मा प्रकाशित




























