back
CTIZAN AD

लघुकथाःकस्तो नाता ?

वि.सं.२०७७ भदौ १३ शनिवार

756 

shares

‘हेलो सरिता म सबिता दिदी वोलेकी, अँ सुन्न तँ यसपाली तिज मान्न ठुलो दाजुकोमा जाने की सान्दाजुकोमा ?’ सविताले सोधिन् ।

‘दिदी म त सान्दाजुकोमै जाने है’ सरिताले भनिन् ।

‘यहाँ सुन्न उसो भए ठुल्दिदीलाई चाँही ठुल्दाजुको तिर जान उक्साउनु पर्छ है ल ? म पनि भन्छु, तँ पनि कुरो मिलाएर भन ल ?नत्र के गर्नु ठुल्दाजुकोमा गएर तँ आफै भन त ? दिनै जाँदैन हौ त्यहाँ त !

न त नेट नै चल्छ,न त गर्मिमा आरामले सुत्नै पाईन्छ, त्यो नाथे फ्यानको हावा पनि तातै आउछ, हेर सान्दाजुकोमा त चट्ट एसी खोलेर बस्यो, वाईफाई छँदैछ दिनभरि नेट चलेपछि त्यसैपनि दिन वितेको पत्तै पाईदैन, त्यहीमाथि सान्दाजु र भाउजुको खानपान पनि त अर्कै हुन्छ नि हौ होईन त ,अनि ठुल्दिदी मिसिई भने त कवाफमा हड्डि हुदैन त हा हा हा हा ! कुरो बुझिस त ? हो त्यसोभए पछि ठुल्दिदी, बा आमा, दाजु भाउजुहरूको कुरापनि मिल्छ, खानपान पनि मिल्छ उनीहरूको विचार पनि मिल्छ त्यसले गर्दा ठुल्दिदीलाई जस्सरी भएपनि उतै पठाउनु पर्छ बुझिस नि ? भन्दै सबिताले फोन राखिन् ।

तीनैजना दिदीबहिनी भेलाभएर माईतजाने योजना मनभरि लिएर सबिताका घरमा उत्तिखेरै पुगेकी ठुल्दिदीले चुपचाप सबिताले फोनमा गरेका यी सबै कुरा सुनिरहेकी थिईन् ।

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:१२ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...