back
CTIZAN AD

कविता: इच्छा

वि.सं.२०७७ भदौ १३ शनिवार

1.1K 

shares

मलाई पियारो सधैं यो जवानी
यसै राख्न सक्ने भए जिन्दगानी
म हुन्थेँ सदा नै नयाँ पालुवाझैँ
बुढो हुन्नथेँ है ! रहन्थेँ युवा नै ।१।

मनैमा छ इच्छा सधैं बाँचिराख्ने
रमाएर हाँसो, सधैं साँचिराख्ने
अझै त्यो म सानो हुँदाको उमेरै
घुमी फेरि आए खुशी हुन्छु धेरै ।२।

म के यो इरादा गरी पाउँला र ?
बितेको बशन्ती छटा आउला र ?
बगेको नदीझैँ नफिर्ने गरी त्यो
गयो वाल बेला अहा ! जिन्दगीको ।३।

म पाखा, पखेरा हिमाली बनैमा
रमाएर बस्थेँ, खुशीले मनैमा
अझै लोभ लाग्ने सुनौलो बिहानी
थियो जिन्दगीको भयो त्यो कहानी ।४।

हिमाली,पहाडी बनैमा म खेल्थेँ
म साथी सँगैमा रमाई सुसेल्थेँ
कतै गाउँ डुल्दै म हिड्थेँ चहारी
न हुन्थ्यो शिरैमा कुनै बोझ भारी ।५।

छ इच्छा नियाल्ने, खुशीका तरेली
यता आँसु खस्छ, भिजाई परेली
भयो चाहना यो अपूरो सधैंको
भए पूर्ण इच्छा हुने थ्यो सबै यो ।६।

छन्द: भुजङ्गप्रयात

आठराईगा.पा-५,तेह्रथुम
हाल: कनकाई न.पा.-७, झापा

वि.सं.२०७७ भदौ १३ शनिवार ०८:१५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...